: गौशाला नगरपालिकामा सामुदायिक विद्यालयमा कार्यरत रहेका शिक्षकहरूले क्याम्पस सञ्चालनका लागि रकम हस्तान्तरण गरेका छन्। महिनौंदेखि आर्थिक संकटबाट गुज्रिरहेका गौशाला बहुमुखी क्याम्पस सञ्चालनका लागि यहाँ कार्यरत ८ जना शिक्षकले आफ्नो २ महिनाको तलब प्रदान गरेका हुन्।
उनीहरूले सो रकम गौशाला बहुमुखी क्याम्पसका अध्यक्ष डा. दीपेन्द्र महतोलाई बुझाएका हुन्। केही महिनाअघि क्याम्पसका अध्यक्ष समेत रहेका गौशाला नगरपालिकाका मेयर महतोले क्याम्पस सञ्चालनका लागि चन्दा संकलन गरिने धारणा राखेका थिए।
आफूहरूले दुई महिनाको पारिश्रमिक क्याम्पसमा बुझाएको शिक्षक गजेन्द्र महतोले बताए। आर्थिक अभावका कारण गौशाला बहुमुखी क्याम्पस महिनौंदेखि बन्द छ।