मुख्य समाचार
देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए
देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए

: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक तोकेका छन्। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितको बैठकमा बोल्दै सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

' मेरो स्वास्थका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु,' उनले भने,'उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।'

जेनजी आन्दोलनपछि सभापति देउवा पहिलो पटक सार्वजनिक भएका हुन्।


सम्बोधनका क्रममा सभापति देउवाले नेपालको संविधान जोखिममा परेको बताउँदै जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिधक तथा अलोकतान्त्रिक तवरले विघटन भएको बताए।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको भएपनि स्वतन्त्र ,निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको धारणा राखे। उनले भने,' सरकारले प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ। निर्वाचनको वातावरण बन्न सकेको छैन।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्। भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका हुन्। उनीहरूले भूमि समस्या समाधान आयोग पुनर्स्थापना ...
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जेनजीका जायज मागलाई सम्बोधन गरिनुपर्ने बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सम्बोधनका क्रममा सभापति देउवाले जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन्। उनले भने, 'उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ।' सभापति देउवाले नेपाली जनताको ...
: जेनजी आन्दोलनमा फरार कैदीलाई प्रहरीले बनेपाबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका ३५ वर्षीय रविन आचार्य रहेका छन्। काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा प्र ००१ ज ३८६ नम्बरको ईभी गाडीबाट उनलाई पक्राउ गरिएको हो। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएको उनी २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो प्रतिष्ठा र छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचारसमेत गरिएको बताए। 'भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै ...
: नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरू अर्थ मन्त्रालयको हालको निर्णयको विरोध गर्दै आन्दोलित छन्। मन्त्रालयले बोर्डद्वारा जारी दुई महत्वपूर्ण कार्यविधि कर्मचारी सुरक्षण कोष र कर्मचारी कल्याण कोष खारेज गर्दै विगतमा कर्मचारीहरूले पाएका सुविधा ब्याजसहित फिर्ता गर्न निर्देशन दिएपछि कर्मचारी असन्तुष्ट बनेका हुन्। पुँजी बजारको नियामक निकाय सेबोनका कर्मचारी यसरी लामो समयदेखि आन्दोलित हुनु संस्था र ...