मुख्य समाचार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने

: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ। जेनजी आन्दोलनपश्चात ललितपुरको जावलाखेल बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव,

आसन्न पार्टीको राष्ट्रिय महाधिवेशन र जनपरिचालन, आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन लगायतका विषयमा छलफल गर्ने कार्यसूची छ ।

यस अगाडि बसेको एमालेको सचिवालय बैठकले पार्टी ११ औँ महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको स्थान र समय केन्द्रीय कमिटीले निर्धारण गर्ने उनले बताए। यसैगरी प्रतिनिधिसभा विघटनको विषयमा पनि बैठकमा छलफल हुने छ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने र जनपरिचालन गरी देशव्यापीरुपमा सभाको घोषणा गर्ने एमालेको तयारी छ।

एमाले अध्यक्ष ओलीले यस अगाडि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरूसँग सहकार्य गर्ने अभिव्यक्ति दिएका थिए। एमालेको सचिवालय बैठकले सरकार निर्माण र संसद विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाको पक्षमा निर्णय गरेको थियो।

सरकारले दलहरूसँग संवाद नगरेकाले निर्वाचनको वातावरण नबनेको एमालेले बताउँदै आएको छ। अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ। केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापनाको पनि विकल्प राख्नुपर्ने कांग्रेसले अभिव्यक्ति दिए पनि अदालत जाने विषयमा भने अलमलमा छ। माओवादीले भने निर्वाचनमा जाने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आगामी मंसिरमा प्रस्ताव गरेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा उनले मंसिर २७-२९ का लागि पोखरामा महाधिवेशन प्रस्ताव गरेका हुन् । उनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
ललितपुर महानगरको बजेटमा जुम्लामा कलात्मक गणेश मन्दिर निर्माण
— फिरन्ते जीवन बिताइरहेको लोपोन्मुख आदिवासी राउटे समुदायले नयाँ मुखिया छनोट गरेको छ । ४३ वर्षीय शेरबहादुर शाहीलाई उनीहरूले आफ्नो नेता छानेका हुन्। उनलाई रास्कोटी समूहसँगै राउटे समुदायको मुख्य मुखिया बनाइएको छ । गत वैशाखमा राउटेका मुख्य मुखिया ४९ वर्षीय सूर्यनारायण शाहीको मृत्यु भएपछि अहिले राउटे समुदायले नयाँ मुखिया छनोट गरेको हो । बराहताल गाउँपालिका–८ सोतखोलामा ...
— प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले आज जारी गरकेो समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । 'उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले ...
— 'आरोहीहरुको गाउँ'का रूपमा परिचित धार्चे गाउँपालिका–४ लाप्राकका १० जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । सन्दीप गुरुङ, बुधबहादुर गुरुङ, सुजल गुरुङ, आशबहादुर गुरुङ, डम्बर गुरुङ, पूर्णबहादुर गुरुङ, इमान गुरुङ, रामबहादुर गुरुङ, सुजन गुरुङ र तिरज गुरुङले मनास्लु आरोहण गरेका हुन् । ‘यो वर्षको एकै सिजनमा एउटै गाउँका १० युवाले मनास्लुको सफल आरोहण गर्नुभयो,' ...