मुख्य समाचार
चीनियाँ राजदूत सोङबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता
चीनियाँ राजदूत सोङबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता

— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चीनियाँ राजदूत छन् सोङबीच गृह मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।


भेटका क्रममा मन्त्री अर्यालले ‘एक चीन नीति’ प्रति नेपालको दृढ र अविचलित प्रतिबद्धता व्यक्त गरे । उनले नेपालले चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि आफ्नो भूमिमा गर्न नदिने उल्लेख गरे ।

मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्तहरू र ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा आधारित आपसी मित्रता र विश्वासको सम्बन्धको प्रशंसा गर्दै व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न प्रतिबद्धता जनाए ।

बैठकमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा पनि छलफल भएको गृहमन्त्रालय स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर अदालत जाने कि नजाने भन्ने विषयमा परामर्श गर्न विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका छन् । सिंहदरबार अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी छन्। छलफलमा सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानामगरले प्रतिनिधिसभा विघटनका विषयमा दलहरूको धारणाबारे जानकारी ...
— मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह दल रोज्न प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुग्दा दुई पक्षले नाराबाजी गरेका छन् । जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टी रोज्न बुधबार दिउँसो उनी कार्यालय पुग्दा नाराबाजी भएको हो । जनमत पार्टीका नेता/कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए भने नेकपा एमाले र नेपाली कांग्रेसका सर्मथकहरुले 'मुख्यमन्त्री जिन्दावाद' नारा लगाएका थिए । ...
— माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले चुनावमा लाग्न कार्यर्तालाई निर्देशन दिएका छन् । धादिङ, बेनिघाट रोराङका कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकार, निर्वाचन आयोग र सुरक्ष निकाय चुनावी तयारीमा लागेको बताए । 'अबको माओवादीको लाइन भनेको चुनाव हो,' उनले भने । तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने पनि उनले जानकारी दिए । एमालेसँग एकताको ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आगामी मंसिरमा प्रस्ताव गरेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा उनले मंसिर २७-२९ का लागि पोखरामा महाधिवेशन प्रस्ताव गरेका हुन् । उनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
ललितपुर महानगरको बजेटमा जुम्लामा कलात्मक गणेश मन्दिर निर्माण