मुख्य समाचार
जेनजी आन्दोलनका क्रममा ट्राफीक कार्यालयमा नियमित पूजिने 'दूर्गा' मूर्तिसमेत लुटिएको छ
जेनजी आन्दोलनका क्रममा ट्राफीक कार्यालयमा नियमित पूजिने 'दूर्गा' मूर्तिसमेत लुटिएको छ

: गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनका क्रममा ट्राफीक कार्यालयमा नियमित पूजिने 'दूर्गा' मूर्तिसमेत लुटिएको छ। आन्दोलनकारीले उपत्यका ट्राफिक महाशाखाभित्र रहेको दूर्गा मन्दिर तोडफोड गर्दे तीनवटा मूर्ति लुटेका हुन्। मन्दिरको झ्यालमा लगाइएको सिसा फुटाएर, मूल ढोका तोडफोड गरी १८ वटा हात भएको विशेष खालको दूर्गाको मूर्ति भएको हो।

प्रहरीका अनुसार चोरी भएको मूर्ति ऐतिहासिक थियो। सिंहमाथि टेकीकी दुर्गा भगवतीले, भैँसीमाथि बसेर छेदन गर्न लागेको जस्तो देखिने शक्तिशाली स्वरुप थियो। उक्त मूर्तिसँगै मन्दिरमा रहेको गणेश भगवानको मूर्ति र नृसिंह अवतारको मूर्ति पनि लुटिएको छ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारीका अनुसार आन्दोलनकारीले कार्यालय तोडफोड गर्दै, प्रेटोल बम हानेर कार्यालयमा आगजनी गरेका थिए। ट्राफिक प्रहरीलाई ढुंगाले हान्दै कुटपिट गरेका थिए। ज्यान जोगाउन ट्राफिक प्रहरीहरू टुकुचा खोलामा हाम फालेका थिए।


ठूलो संख्यामा कार्यालयमा उपस्थित भएका आन्दोलनकारीले मन्दिर तोडफोड गर्दै मूर्तिहरू चोरी गरेका हुन्। कार्यालय प्रमुख अधिकारी भन्छन्, ‘हामीले नियमित पूज्ने भगवान नै चोरी हुँदा निकै मन दुख्यो। मुटु नै चुँडिएजस्तै लागेको थियो। २०४० सालको माघमा प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक डीवी लामाले उक्त दूर्गा मूर्तिको प्रतिमा स्थापना गर्नुभएको थियो। ४१ वर्षे पुरानो मूर्ति हाम्रो आस्था र विश्वासको प्रतिविम्व थियो।

आन्दोलनको अर्को दिन कार्यालयमा आउँदा निकै दुखदायी दृश्य थियो। भगवानको मूर्ति राखेको स्थान खाली थियो। मन्दिरभरि ढुंगैढुंगा थियो। शक्ति स्वरुप दूर्गा मातालाई पूजा गरेरमात्र हामीले नित्य कर्म सुरु गर्थ्यो। भगवान नै नभएपछि हामी अपुरो भएजस्तै लागेको थियो। लुटिएको मूर्ति अहिलेसम्म फेला नपरेको अधिकारीले बताए। दसैंको घटस्थापनका दिन अर्को मूर्ति किनेर विधिगतरूपमा पुनःस्थापना गरिएको छ। तर, पहिलेको जस्तो मूर्ति फेला परेको छैन।

संखुवासभाका विष्णुप्रसाद बराल उक्त दुर्गा मन्दिरका पूजारी हुन्। हरेक दिन सबेरै उठेर शक्तिस्वरुपा दुर्गाको पूजा गर्नु उनको दैनीकी थियो। १६ वर्षदेखि उनले यो मन्दिरमा पूजा गरिरहेका छन्। उनी भन्छन्, 'अन्य ठाउँमा भएको भन्दा बेग्लै खालको शक्तिशाली मूर्ति थियो यो।

ट्राफिक महाशाखाका गेट नजिकै रहेको मन्दिरमा प्रतिस्थापन गरिएको त्यो मूर्ति ऐतिहासिक प्रकारको थियो। १८ वटा हात भएको नवदुर्गाको रूपमा शक्तिशाली देवीको स्थापना गरिएको थियो। आन्दोलनका क्रममा मन्दिर तोडफोडमा जुटेका व्यक्तिहरूले मूर्तिलाई उखेलेर लगेको हुनसक्ने पूजारी बरालको दाबी छ। प्रहरी संगठनमा शक्ति र विजयको विशेष आराधना हुन्छ। प्रायः सबै प्रहरी कार्यालयमा शक्ति अर्थात् देवीहरूको मन्दिर स्थापना गरिएको छ। कहीँ कतै महादेवको मुक्ति स्थापना गरिने भए पनि प्रायः महादेव र देवीको मन्दिरसँगै राखिएको हुन्छ।

ट्राफिक महाशाखामा भएको उक्त दुर्गा मन्दिरमा नित्य पूजा हुने भए पनि वर्षभरि चारवटा नवरात्रमा विशेष पूजा हुन्छ। दशै अगाडिको असोज शुक्लपक्षको नवरात्र, माघ महिनाको शुक्लपक्षको नवरात्र, चैत शुक्लपक्षको नवरात्र र असार महिनाको शुक्लपक्षमा पर्ने नवरात्रमा विशेष पूजा हुने गर्छ। यी चार नवरात्रमा देवी दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ।

विजयको प्रतिकस्वरुप प्रहरी कार्यालयमा स्थापना गरिएका मन्दिरमा देवीको पूजाअर्चना गर्ने प्रचलन पुरानै हो। देशमा आउनसक्ने संकट मोचनका लागि जनघनको सुरक्षा र शान्ति स्थापनाको लागी देवी मन्दिरमा रहेको मौलो पूजा गर्ने पनि प्रचलन छ। प्रहरीमा चलिआएको प्रचलन निरन्तरता दिन यसपटक सुरुमा क्षमा पूजा गरिएका थियो। विधिवत रूपमा नयाँ मूर्तिमा प्राणप्रतिष्ठा गरेर स्थापना गरी परम्पराअनुसार नै पूजाअर्चना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले चुनावमा लाग्न कार्यर्तालाई निर्देशन दिएका छन् । धादिङ, बेनिघाट रोराङका कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकार, निर्वाचन आयोग र सुरक्ष निकाय चुनावी तयारीमा लागेको बताए । 'अबको माओवादीको लाइन भनेको चुनाव हो,' उनले भने । तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने पनि उनले जानकारी दिए । एमालेसँग एकताको ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आगामी मंसिरमा प्रस्ताव गरेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा उनले मंसिर २७-२९ का लागि पोखरामा महाधिवेशन प्रस्ताव गरेका हुन् । उनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
ललितपुर महानगरको बजेटमा जुम्लामा कलात्मक गणेश मन्दिर निर्माण
— फिरन्ते जीवन बिताइरहेको लोपोन्मुख आदिवासी राउटे समुदायले नयाँ मुखिया छनोट गरेको छ । ४३ वर्षीय शेरबहादुर शाहीलाई उनीहरूले आफ्नो नेता छानेका हुन्। उनलाई रास्कोटी समूहसँगै राउटे समुदायको मुख्य मुखिया बनाइएको छ । गत वैशाखमा राउटेका मुख्य मुखिया ४९ वर्षीय सूर्यनारायण शाहीको मृत्यु भएपछि अहिले राउटे समुदायले नयाँ मुखिया छनोट गरेको हो । बराहताल गाउँपालिका–८ सोतखोलामा ...
— प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले आज जारी गरकेो समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । 'उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले ...