— पाँचथरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका-१३ का ४२ वर्षीय हर्कबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राई फिदिम-१३ पञ्चमीस्थित सिंगारे खोल्सामा दुर्घटनामा परेका थिए । गाउँबाट दूध संकलन गरेर मोटरसाइकलमा डेरी लैजाने क्रममा उनले चलाएको मे ३ प ३९८४ नम्बरको मोटरसाइकल पहिरोबाट खसेको थियो ।
राईको दुर्घटनास्थलमै ज्यान गएको थियो । उनको शव पाँचथर अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।