मुख्य समाचार
लगातार ४ खेलमा हार बेहोर्दा नेपालले एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ
लगातार ४ खेलमा हार बेहोर्दा नेपालले एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ

: एएफसी एसियन कप छनोटको तेस्रो चरणको चौथो खेलमा नेपालले भियतनामसँग १–० ले पराजित भएको छ। लगातार ४ खेलमा हार बेहोर्दा नेपालले एसिया कपमा छनोट हुने सम्भावना सकाएको हो।

भियतनामको थोङ नाट स्टेडियममा खेलको पाचौं मिनेटमा नेपालका डिफेन्डर सुमन श्रेष्ठबाट आत्मघाती गोल बेहोर्दै नेपाल सुरुवाती समयमा नै १–० ले पछाडि परेको हो। कर्नरबाट आएको बल क्लियर गर्नुपर्ने बल उनले बाहिर फ्याँक्दा नेटमा प्रहार भएको हो। यो गल्ती नै आजको निर्णायक गोल बन्यो।

आत्मघाती गोल नेपालको लागि एसिया कपबाट बाहिरिने बाटो बन्यो। नेपालले यसअघि लाओसको २ खेल र मलेसियासँग १ खेल खेलेको नेपालले समूह चरणबाटै एसिया कपलाई बिट मार्यो। अर्को वर्ष साउदी अरेवियामा हुने एसिया कपको झिनो आशा पनि सकिएको छ।


समूह एफमा रहेको नेपालले पहिलो खेलमा मलेसियासँग २–० को हार बेहोरेको थियो। दोस्रो खेलमा लाओससँग २–१ ले पराजित भएको नेपालले तेस्रो खेलमा भियतनामसँग ३–१ को हार बेहोरेको थियो। पहिलो हाफको खेलमा नेपालले मुस्किलले २ मौका पायो। त्यो पनि सदुपयोग भने गर्न सकेन। पहिलो हाफमा पूर्णतः भियतनाम बल पोजिसनमा हाबी रह्यो।

दोस्रो हाफको सुरुवातमा नेपालले केही अवसर प्राप्त गर्यो। खेलको ५३ औं मिनेटमा नेपालले फ्रि किक पाएको थियो तर त्यसलाई नेपालले सदुपयोग गर्न सकेन। ५७ औं मिनेटमा नेपालका लागि जिलेस्पी जंग कार्कीको उत्कृष्ट क्रस फिनिस भने हुन सकेन। खेलको ६४ औं मिनेटमा नेपालका जिलेस्पी जंग कार्कीलाई फाउल हुँदा फ्रि किक पाएको थियो। उक्त फ्रि किक सिधा भियतनामका किपरको हातमा पर्यो। दोस्रो हाफमा केही चलायमान र बढी मौका बनाएको नेपालले गोल भने निकाल्न सकेन।

भारी वर्षा हुँदा खेल आधा घण्टा ढिलो सुरु भएको थियो। वर्षा भएका कारण पहिलो हाफ खेलाडीलाई खेल्न निकै गाह्रो भयो। बलको पोजिसन मेन्टेन गर्न गाह्रो भएको थियो। समूह एफ मा रहेको नेपालसँगै लाओस, भियतनाम र मलेसिया रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम