मुख्य समाचार
लगातार ४ खेलमा हार बेहोर्दा नेपालले एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ
लगातार ४ खेलमा हार बेहोर्दा नेपालले एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ

: एएफसी एसियन कप छनोटको तेस्रो चरणको चौथो खेलमा नेपालले भियतनामसँग १–० ले पराजित भएको छ। लगातार ४ खेलमा हार बेहोर्दा नेपालले एसिया कपमा छनोट हुने सम्भावना सकाएको हो।

भियतनामको थोङ नाट स्टेडियममा खेलको पाचौं मिनेटमा नेपालका डिफेन्डर सुमन श्रेष्ठबाट आत्मघाती गोल बेहोर्दै नेपाल सुरुवाती समयमा नै १–० ले पछाडि परेको हो। कर्नरबाट आएको बल क्लियर गर्नुपर्ने बल उनले बाहिर फ्याँक्दा नेटमा प्रहार भएको हो। यो गल्ती नै आजको निर्णायक गोल बन्यो।

आत्मघाती गोल नेपालको लागि एसिया कपबाट बाहिरिने बाटो बन्यो। नेपालले यसअघि लाओसको २ खेल र मलेसियासँग १ खेल खेलेको नेपालले समूह चरणबाटै एसिया कपलाई बिट मार्यो। अर्को वर्ष साउदी अरेवियामा हुने एसिया कपको झिनो आशा पनि सकिएको छ।


समूह एफमा रहेको नेपालले पहिलो खेलमा मलेसियासँग २–० को हार बेहोरेको थियो। दोस्रो खेलमा लाओससँग २–१ ले पराजित भएको नेपालले तेस्रो खेलमा भियतनामसँग ३–१ को हार बेहोरेको थियो। पहिलो हाफको खेलमा नेपालले मुस्किलले २ मौका पायो। त्यो पनि सदुपयोग भने गर्न सकेन। पहिलो हाफमा पूर्णतः भियतनाम बल पोजिसनमा हाबी रह्यो।

दोस्रो हाफको सुरुवातमा नेपालले केही अवसर प्राप्त गर्यो। खेलको ५३ औं मिनेटमा नेपालले फ्रि किक पाएको थियो तर त्यसलाई नेपालले सदुपयोग गर्न सकेन। ५७ औं मिनेटमा नेपालका लागि जिलेस्पी जंग कार्कीको उत्कृष्ट क्रस फिनिस भने हुन सकेन। खेलको ६४ औं मिनेटमा नेपालका जिलेस्पी जंग कार्कीलाई फाउल हुँदा फ्रि किक पाएको थियो। उक्त फ्रि किक सिधा भियतनामका किपरको हातमा पर्यो। दोस्रो हाफमा केही चलायमान र बढी मौका बनाएको नेपालले गोल भने निकाल्न सकेन।

भारी वर्षा हुँदा खेल आधा घण्टा ढिलो सुरु भएको थियो। वर्षा भएका कारण पहिलो हाफ खेलाडीलाई खेल्न निकै गाह्रो भयो। बलको पोजिसन मेन्टेन गर्न गाह्रो भएको थियो। समूह एफ मा रहेको नेपालसँगै लाओस, भियतनाम र मलेसिया रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम