मुख्य समाचार
तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग
तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग

— तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ । पर्वमा चोखोनीतोसाथ पूजा सामग्री राखनधरन गरिन र विधिमै प्रयोग गर्न बाँसका चोया तथा कप्टेराले बनेका नयाँ छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो, पङ्खालगायत सामान अपरिहार्य हुने मैथिल चलनले अहिले यहाँका सबैजसो हटिया (बजार)मा यी सामग्रीको बजार जमेको हो ।


महोत्तरीका १५ स्थानीय तहका बस्तीपिच्छेका हटियामा अहिले यी सामग्रीका छुट्टै बजार जमेका छन् । सदरमुकाम जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर, औरही, बलवा, लोहारपट्टीसहितका बजारमा अचेल सधैँ यी सामान बिक्री भइरहेका छन् । मिथिलामा बिन र डोम जातिको बाँसको चोया तथा कप्टेरा काढेर छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पङ्खा बनाउने पुर्ख्यौली पेसा मानिन्छ ।

पर्वविशेषले यस्ता सामग्रीको माग बढ्दा अहिले काम भ्याइनभ्याइ भएको भङ्गाहा–४ रामनगरका ५० वर्षीय काशी मुखिया बिन बताउँछन्। “अरु बेला यी सामान बिक्दैनन्, प्लाष्टिकका सामान प्रयोग बढ्यो । दीपावली र छठमा बाँसकै भाँडा चाहिने चलनले माग बढेको हो”, काशी भन्छन्, “बाबुबाजेले सिकाएका काम हुनाले मेरो पुस्तासम्मले गर्दैछौँ, छोरा–भतिजाले भने यो काम सिक्न ध्यान दिएनन् ।”

पहिलेपहिले दैनिक प्रयोजनमै यी सामान चलाइने हुँदा बाबुबाजेले यही पेसाबाट गुजारा गरे पनि अब भने यसको माग दीपावली र छठमा मात्र हुने गरेको उनको भनाइ छ । पर्वविशेषको मागमात्र हुने भए पनि यसबेला यी सामान बनाएर बेचिएको पैसाले झण्डै तीन–चार महिनाको गुजारा चल्ने गरेको बिन र डोम समुदायका पाका व्यक्ति बताउँछन् ।

“यसैबेला कमाएको नगदले आवश्यकता पूरा गर्छौँ”, छिटीसहितका यी सामान बेच्न गौशालाबजार पुग्नुभएकी बर्दिबास–१ की पारो मरिक (डोम)ले भने, “यही पर्वको कमाइले केही महिनाको गुजारा र धियापुता (घरका ससाना नानीहरु)को खाने, खेल्ने रहर पूरा गर्छौँ ।”

पर्वले गर्दा बाँस खोज्न जाने, फटाउने (चिर्ने), चोया र कप्टेरा बनाउने तथा मागअनुसारका सामान बनाउन भ्याइनभ्याइ छ । बनिसकेका सामान बजार पुर्याउनसम्मका काम सकेपछि बल्ल केही नगद हात पर्ने गरेको जलेश्वर–१ का रतन मरिकले बताए । सीप भएका बिन र डोम अहिले दिनरात नभनी काममा छन् । यो क्रम छठपर्व सुरु हुने दिनसम्म चल्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...