मुख्य समाचार
विभिन्न कारागारबाट फरार भएका ५२ कैदीबन्दी काभ्रेमा पक्राउ
विभिन्न कारागारबाट फरार भएका ५२ कैदीबन्दी काभ्रेमा पक्राउ

— भदौ २४ को प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारबाट फरार भएका ५२ कैदीबन्दी काभ्रेमा पक्राउ परेका छन् । गत भदौ २४ गते देशका विभिन्न कारागार, प्रहरी हिरासत तथा बालसुधार गृहबाट फरार रहेका कैदी, थुनुवा तथा बाल बिज्याईँकर्तामध्ये काभ्रेबाट ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


भदौ २४ गतेदेखि असोज २८ गतेसम्म विभिन्न मितिमा काभ्रेबाट ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, पक्राउ परेकाहरु देशभरका विभिन्न कारागारबाट फरार रहेकाहरु छन् ।

प्रहरीले केन्द्रीय कारागारबाट फरार २४ जना, कारागार कार्यालय नख्खुबाट फरार १८ जना , कारागार कार्यालय, सिन्धुलीबाट फरार ३ जना, झुम्का कारागार सुनसरीबाट २ जना, डिल्लीबजार कारागारबाट १ जना, बाल सुधार गृह भक्तपुरबाट १ जना, नेपालगन्ज बालसुधार गृहबाट १ जना, मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतबाट १ जना, र जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट १ जना गरी कुल ५२ जना फरारलाई पक्राउ गरेको हो ।

फरार भई पक्राउ परेकाहरुमध्ये जबरजस्ती करणी मुद्दामा १४ जना, कर्तव्य ज्यान मुद्दामा १२ जना, लागूऔषध मुद्दामा ७ जना, चोरी मुद्दामा ४ जना, सवारी ज्यान मुद्दामा ३ जना, मानव बेचबिखन मुद्दामा ३ जना, अपहरण तथा शरीर बन्धक मुद्दामा २ जना, ठगी मुद्दामा २ जना, खोटा चलन मुद्दामा १ जना, वन्यजन्तु चोरी पैठारी मुद्दामा १ जना, सट्टेबाजी तथा सम्पति शुद्धीकरण मुद्दामा १ जना, अध्यागमन ऐनविरुद्धको कसूर मुद्दामा १ जना विदेशी नागरिक र जबरजस्ती करणी उद्योग मुद्दामा १ जना गरी ५२ जना रहेको उनले बताए ।

प्रहरीले १३ वटा मुद्दा शीर्षकका ५२ जना कैदी, थुनुवा तथा बाल बिज्याईँकर्ताहरुलाई पक्राउ गरी जिल्ला कारागार काभ्रेपलाञ्चोक तथा बाल सुधार गृह भक्तपुर चलान गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...