मुख्य समाचार
‘ए’ डिभिजन लिगको अन्योल कायमै
‘ए’ डिभिजन लिगको अन्योल कायमै

— अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार त्यस्तो पत्रकार सम्मेलन गरेको छ, जसले प्रश्नलाई बढी अनुत्तरित पारेको छ । लिगमा केन्द्रित रहेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा महासचिव किरण राईले सहिद स्मारक लिग ‘ए’ डिभिजन यही दिन हुनेछ भनेर भन्न सकेनन् । तर, एउटा विश्वास भने दिलाए, ‘ढिला भए पनि अब राम्रो लिग हुनेछ ।’


दुई दिनअघि प्रमुख ‘ए’ डिभिजन क्लबहरूले लिग आयोजना गर्न छुट्टै अधिकारसम्पन्न कमिटी गठनको माग गरेको थियो । त्यस्तै एक दिनअघि एन्फाकै केही प्रमुख पदाधिकारीले लिग नगर्ने हो भने नेतृत्वलाई राजीनामा दिन पनि चुनौती दिएका थिए । यसबीच केही फुटबल प्रशंसकले एन्फा कम्प्लेक्सकै अगाडि नै विरोध पनि प्रदर्शन गरे । प्रदर्शनको कारण लामो समयदेखि लिग फुटबल नभएको नै थियो ।

यसै पृष्ठभूमिमा मंगलबार मिडियाको सामना गर्दै महासचिव राईले भने, ‘हाम्रो उद्देश्य क्लबलाई सहयोग गर्ने नै हो, सहकार्य गर्ने नै हो । अबको लिग होम एन्ड अवेको आधारमा गर्ने भएपछि यसका लागि थप गृहकार्य आवश्यक छ । यसका लागि तिहारपछि हामी क्लबहरूसँग छलफलमा बस्नेछौं । यस्तोमा अब यो ढाँचाको लिग अर्को वर्ष मात्र हुनेछ । तर यसबीच हामी त्यसै चुप लागेर भने बस्ने छैनौं ।’

उनले अगाडि थपे, ‘त्यसकारण यसबीच अर्को लिगको आयोजना गर्नेछौं । यो टायर–वानकै लिग हुनेछ । तर कस्तो हुनेछ र कहिले हुनेछ, त्यसबारे निर्णय हुन बाँकी छ ।’ यस्तोमा अब चाँडै हुने लिग ‘ए’ डिभिजन नै हुन सक्नेछ या राष्ट्रिय लिग पनि हुन सक्नेछ । एन्फाको विधानले यी दुवै लिगलाई टायर–वान मानेको छ । पुस ९ मा लिग हुने घोषणा यसअघि नै भइसकेता पनि केही दिन तलमाथि हुन सक्ने बताइएको छ ।

‘यो लिग एसियाली फुटबल महासंघ (एएफसी) को नियमअनुसार ६ महिना लामो चल्नेछ र यसको विजेताले एएफसीको प्रतियोगिता पनि खेल्न पाउने छ,’ महासचिव राईले जानकारी गराए । लामो समयदेखि लिग नभएकामा नेपाली फुटबल प्रशंसकले देखाएको चिन्ताप्रति कृतज्ञता जनाउँदै महासचिवले भने, ‘राम्रै गृहकार्यपछि हामी होम एन्ड अवेको आधारमा अर्को वर्ष माथिल्लो स्तरको लिग गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम