— यौनजन्य क्रियाकलापमा संलग्न तीन जनालाई काभ्रेको बनेपाबाट पक्राउ गरिएको छ ।
मंगलबार बनेपा नगरपालिका-८ स्थित हाम्रो खाजा घरबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी अधिकृतसहितको टोलीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको हो । उनीहरुको परिचय खुलाइएको छैन ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।