मुख्य समाचार
लोपोन्मुख आदिवासी राउटे समुदायले नयाँ मुखिया छनोट गरे
लोपोन्मुख आदिवासी राउटे समुदायले नयाँ मुखिया छनोट गरे

— फिरन्ते जीवन बिताइरहेको लोपोन्मुख आदिवासी राउटे समुदायले नयाँ मुखिया छनोट गरेको छ । ४३ वर्षीय शेरबहादुर शाहीलाई उनीहरूले आफ्नो नेता छानेका हुन्। उनलाई रास्कोटी समूहसँगै राउटे समुदायको मुख्य मुखिया बनाइएको छ ।


गत वैशाखमा राउटेका मुख्य मुखिया ४९ वर्षीय सूर्यनारायण शाहीको मृत्यु भएपछि अहिले राउटे समुदायले नयाँ मुखिया छनोट गरेको हो । बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा उनको मृत्यु भएको थियो । अत्यधिक मदिरा सेवनका कारण बिरामी परेका सूर्यनारायणले सुरुमा अस्पताल जान मानेनन् । अन्तिममा अर्को दिन जान्छु भनेकामा सोही राति उनको मृत्यु भएको थियो ।

तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण थिए । रास्कोटी शाही थरका उनलाई २८ वर्षको उमेरमा २१ वर्षअघि महामुखिया महिनबहादुर शाहीले मुखिया बनाएका थिए । आफूले एक्लै धान्न समस्या भएको भन्दै भाञ्जा नाता पर्ने महिनबहादुरले उनलाई मुखिया बनाएका हुन् । महिनबहादुरले आधाउधी काम गर्न पनि आफैंलाई लगाउने गरेको सूर्यनारायण बताउँथे ।

नयाँ मुखिया शेरबहादुर सूर्यनारायणकै भाइ हुन् । उनले अब राउटे समुदायको नेतृत्व गर्नेछन् । पहिले एक जना मात्र मुखिया हुने राउटे समुदायमा पछिल्लो समय ३ जना मुखिया बनाउने चलन चलेको छ । शोवंसी र कल्याल थरका पनि छट्टै मुखिया हुन्छन् । शोवंसीका डिलबहादुर शाही मुखिया छन् भने ६२ वर्षका वीरबहादुर शाही कल्याल थरका मुखिया हुन् । मुखियाले नै समुदायको नेतृत्व गर्छ । समुदायमा केही काम गर्नुपरे मुखियाले नै नेतृत्व गर्छन् ।Sher Bahadur Shahi became the new head of Raute community

समुदाय बाहिर गएर राहतको व्यवस्थापन गरी जनतालाई बाँड्ने लगाएतका काम मुखियाले गर्नुपर्ने नयाँ मुखिया शेरबहादुरले बताए । सबैलाई मिलाएर लैजाने पनि उनले सुनाए । आफ्ना जनताका लागि काम गर्ने उनले बताए । यस्तै उनीहरूले सिकार गर्न जानुपर्छ । नयाँ ठाउँ सर्दा कहाँ सर्ने निर्णय पनि मुखियाले गर्छन् । अपुग खाद्यान्नको जोहो गर्ने , विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिसँग भेट्ने लगायतका काम पनि मुखियाले गर्नुपर्छ । बस्तीमा हुने अन्य विभिन्न क्रियाकलापको जिम्मा पनि मुखियाले नै लिनुपर्छ ।


२०८० कात्तिकमा महिनबहादुरको मृत्युपछि सूर्यनारायण मुख्य मुखियाका रूपमा अघि सरे । महिनबहादुरअघि उनका बुवा मानबहादुर शाही मुखिया थिए । यसपटक फेरि सूर्यनारायणकै भाइ राउटेका मुख्य मुखिया बनेका छन् । मृत्युपछि वा उमेर बढी भएर काम गर्न नसक्ने भएपछि नयाँ मुखिया छनोट गर्ने समुदायले नजिकको नातेदारलाईनै छनोट गर्ने प्रचलन राउटे समुदायमा छ ।

राउटे समुदायको मुखिया अहिलेसम्म पुरुष मात्र बनेका छन् । महिलालाई मुखिया नबनाए पनि निर्णय उनीहरूको पनि लिने गरेको राउटे परियोजनामार्फत बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

दसैंको तिनदिन अघि नयाँ मुखियाको जिम्मेवारी दिएपनि समुदायले साउनबाटै नयाँ मुखिया छान्ने कार्यलाइ अघि बढाएको थियो । साउनको महिना छनोटबारे दुईवटा बैठक बसे । शेरबहादुरको नाममा सहमति जुटेको थियो । मुखिया छान्नभन्दा एकदिन अघि फेरि बैठक बसेर अन्तिम निर्णय भयो । अनि मुखिया छनौट गरिएको जोडी शिक्षक खत्रीले बताए ।

यो अवधिमा समुदायले शेरबहादुरको परीक्षण गरेको उनले बताए । सबैले उनलाई मुखिया मान्न तयार भएपछि मुखिया बनाइएको हो ।

'मुखिया छनोट गर्दा पुरुषले मात्र हुन्छ भनेर हुँदैन । महिलाहरू पनि सहमत हुनुपर्छ,' उनले भने, 'अनि मात्र मुखिया छान्ने चलन छ । २० वर्ष नाघेको र विवाहितलाई मुखिया बनाइन्छ ।' सकेसम्म बालबच्चा भएका परिपक्व पुरुषलाई मुखिया बनाइने गरेको डिलबहादुर बताउँछन् । उनका अनुसार मुखियाको कुरा मान्न सबै जना सहमत हुनुपर्छ ।

मुखियाले भनेको सबैले मान्ने सहमति भएपछि केही समय उसलाई टेर्ने/नटेर्ने के छ भनेर विचार गर्नका लागि एकदेखि दुई महिनाको समय राखिन्छ ।

राउटे समुदाय कल्याल थरमा पनि नयाँ मुखिया छनोट गर्ने प्रक्रियामा थियो । अहिलेका मुखिया ६२ वर्षका वीरबहादुर शाहीको उमेर बढ्दै गएपछि प्रकाश शाहीलाई मुखिया बनाउने तयारी भएको थियो । प्रकाश पनि वीरबहादुरकै आफन्त पर्छन् । तर अहिले नै नेतृत्व वीरबहादुरले हस्तान्तरण नगर्ने भएपछि प्रकाशलाई छनोट नगरिएको जोडी शिक्षक खत्रीले बताए । प्रकाशका लागि पनि बैठक बसेका थिए । तर बाहिरको काम प्रकाशले गर्ने र अरू समुदायको सबै काम आफूले नै गर्ने वीरबहादुरले बताएको उनले सुनाए ।

राउटे समुदाय सुर्खेतको लेकबेसी नगरपालिका-९ चौरासेमा बसिरहेको छ । अहिले उनीहरूको जनसंख्या १ सय ३७ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...