मुख्य समाचार
गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामीलाई अर्को अस्पताल लैजान एम्बुलेन्समा राखिँदै र पछाडिपट्टि भुइँमा आन्दोलनरत नर्स
गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामीलाई अर्को अस्पताल लैजान एम्बुलेन्समा राखिँदै र पछाडिपट्टि भुइँमा आन्दोलनरत नर्स

— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए ।


उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट उनलाई एम्बुलेन्समा राखेर लैजाँदै गर्दा पछाडिपट्टि नर्सहरु ‘श्रमको उचित मूल्य’ माग्दै नाराबाजीमा थिए । पोखराका दुई ठूला निजी अस्पताल गण्डकी मेडिकल कलेज र पोखरा मणिपाल शिक्षण अस्पतालको सेवा नर्स आन्दोलनका कारण प्रभावित बनेको छ ।

दुवै अस्पतालले वार्डका बिरामी अवस्था हेरेर कतिलाई घर पठाएका छन्, कतिलाई अन्य अस्पताल रेफर गरेका छन् । पोखरामा यी दुई निजी अस्पतालमा मात्र नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागू छ । त्यसैले पनि यहाँ बिरामीको चाप बढी हुन्छ । दुवै अस्पतालले ओपीडी सञ्चालनमै छ । नयाँ बिरामी भर्ना गरेका छैनन् । भर्ना गर्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा जान सुझाव दिएर पठाइएको छ ।

बिमा चल्ने दुवै ठूला अस्पतालको सेवा प्रभावित भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीको चाप बढेको छ ।


प्रतिष्ठानका निर्देशक सह प्राडा. प्रेमराज पंगेनीले निजी अस्पतालमा सेवा प्रभावित भएपछि बीमाका बिरामीको चाप बढेको सुनाए । निजी अस्पतालले समन्वय गरेर बिरामी रेफर गरिररहेको उनले बताए । ‘यस्तो प्रकारको बिरामी हुनुहुन्छ भनेर हामीलाई पठाउनुभएको छ । हामीले हाम्रो क्षमताले, स्रोतसाधनले भ्याएसम्म बिरामी राख्छौं भनेर उहाँहरुलाई भनेका छौं,’ उनले भने, ‘हाम्रोमा अहिले दैनिक २ हजार ४ सय जति बिरामी आउनुहुन्छ ।’ निजी मेडिकल कलेजमा आन्दोलन हुनुअघि दैनिक १ हजार ९ सयसम्म बिरामी हुने गरेको उनले बताए ।

भर्ना हुनुपर्ने बिरामी सिधै इमर्जेन्सीमा आएकाले त्यहाँ चाप बढेको उनले सुनाए । इमर्जेन्सीमा आउने बिरामीको संख्या बढेकाले जनशक्ति व्यवस्थापनको तयारी भइरहेको उनले बताए । अन्य अस्पतालको ओपीडीमा जाँच गराएपछि भर्ना हुनुपर्ने बिरामी पश्चिमाञ्चलमा इमर्जेन्सीमा जान थालेका छन् । यस अस्पतालसँग ५ सय शय्या छ । डाक्टर, नर्सको उपलब्धताका कारण अस्पतालले हाल ४ सय शय्यामा सेवा दिइरहेको छ ।



मणिपाल र जीएमसीले आईसीयू, एनआईसीयू, एचडीयूमा राखेर विशेष हेरचाह शय्याको सेवा चलाएका छन् । नर्सिङ इन्चार्ज र अन्य केही नर्सको सहयोगमा आईसीयू, एनआईसीयूमा राख्नुपर्ने बिरामीको उपचार भइरहेको जीएमसीका सूचना अधिकारी कृष्ण पौडेलले बताए । घर पठाउन मिल्नेलाई डिस्चार्ज गरिएको र उपचार गर्नुपर्नेलाई राखिएको उनले सुनाए । ‘अझै पनि १८/१९ जना आइसीयूमा हुनुहुन्छ । एनआइसीयूमा ९ जना हुनुहुन्छ,’ उनले भने, ‘हामीले कतिलाई रातारात डिस्चार्ज गर्नुपर्‍यो ।’

मणिपालले पनि नर्सिङ इन्चार्ज र सिनियर नर्सको सहयोगमा विशेष शय्यामा उपचाररत बिरामीलाई सेवा दिइरहेको छ । निजी अस्पतालमा उपचार गराउन सक्ने बिरामीलाई समस्या नपरेपनि दुवै अस्पतालको सेवा तत्काल सुरू नभए बीमाका बिरामी मर्कामा पर्नेछन् । दुवै अस्पतालको सेवा प्रभावित भएपछि र पश्चिमाञ्चलले चाप बढी हुँदा भर्ना हुनुपर्ने बीमाका बिरामी वीर र त्रिवि शिक्षण अस्पताल जानुपर्ने बाध्यतामा छन् ।

मणिपाल र गण्डकीबाट दैनिक १ हजार २ सय बिरामीले सेवा लिन्छन् । अहिले दुवै अस्पतालका नर्स सरकारी पाँचौं सरह सुविधा पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन् । दुवै निजी अस्पतालका सञ्चालक हालभन्दा सेवासुविधा थप गर्न तयार रहेपनि सरकारीसरह दिन नसक्ने बताइरहेका छन् ।

मणिपालले नर्सलाई २४ देखि २९ हजार रुपैयाँसम्म मासिक पारिश्रमिक दिने प्रस्ताव गरेको छ । योभन्दा थप गर्न नसक्ने र काममा नफर्किए नयाँ नर्स भर्ना गर्ने मणिपालको तयारी छ । जीएमसीले भने नर्सलाई तत्काल कुनै प्रस्ताव राखिसकेको छैन । दुवै अस्पतालका नर्सले मासिक १५ हजार रुपैयाँ आसपास पारिश्रमिक पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले सूचना जारी गर्दै बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. गणेश थापाले जारी गरेको सूचनाअनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, ...
। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानबाट चालु आर्थिक वर्षको एक महिनामा ३ सय ४८ जना महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका हुन् । यो संख्या १-२९ वैशाखसम्मको हो । प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राध्यापक डा. बसन्त लामिछाने नेतृत्वमा अन्य प्रसूति रोग ...
। पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको मृत्यु भएको छ । ११ जना बिरामीको उपचार भइरहेको छ । च्याउ सेवनबाट बिरामी परेका तानसेन नगरपालिका ८ कोकलका ८ वर्षीय बालकको जेठ ९ गते राति मृत्यु भएपछि एक महिनामै मृतकको संख्या तीन पुगेको हो । गत जेठ ३ गते च्याउ खाएर बिरामी भएका ती बालक सामान्य उपचारपछि घर ...
: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा यी दुवै उत्पादन नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको जनाएको हो। परीक्षणका क्रममा चाउचाउमा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु ...
: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालीद्वारा उत्पादित क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा उक्त कम्पनीद्वारा उत्पादित ज्याक न्याक क्रयाकर्स ब्रान्डका बिस्कुटमा नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको पाइएको जनाएको हो। परीक्षणका ...