मुख्य समाचार
दाहालले चुनावमा लाग्न कार्यर्तालाई निर्देशन
दाहालले चुनावमा लाग्न कार्यर्तालाई निर्देशन

— माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले चुनावमा लाग्न कार्यर्तालाई निर्देशन दिएका छन् । धादिङ, बेनिघाट रोराङका कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकार, निर्वाचन आयोग र सुरक्ष निकाय चुनावी तयारीमा लागेको बताए ।


'अबको माओवादीको लाइन भनेको चुनाव हो,' उनले भने ।

तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने पनि उनले जानकारी दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, 'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।'

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै दाहालले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए । उनले भने, 'अहिले मेरो जेनजीसँग पनि छलफल भइरहेको छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...