मुख्य समाचार
मधेश प्रदेशका दुई प्रदेशसभा सदस्यले जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टी रोजे
मधेश प्रदेशका दुई प्रदेशसभा सदस्यले जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टी रोजे

— मधेश प्रदेशका दुई प्रदेशसभा सदस्यले जनमत पार्टीबाट छुट्टिएर बनेको जनस्वराज पार्टी रोजेका छन् ।


बुधबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र प्रदेशसभा सदस्य त्रिभुवन साहले जनस्वराज पार्टी रोजेर हस्ताक्षर गरेका हुन् । यी दुवै डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट प्रदेशसभा सदस्य भएका थिए । सिंह मुख्यमन्त्री र साह मन्त्री थिए ।

दुवै जनालाई आफ्नै पार्टीले हटाएपछि उनीहरु असन्तुष्ट बनेका थिए । हस्ताक्षर गर्न पुगेका मुख्यमन्त्रीले अन्य प्रदेशसभा सदस्यलाई जनमत पार्टीले अपहरण गरेर राखेको प्रतिक्रिया दिएका छन् । लोकतन्त्रमा निरंकुश व्यवहार गरेको उनको आरोप छ । ‘बिहानैदेखि सबैलाई अपहरण गरेर राखेको छ । सबैलाई धम्की दिइरहेका छन्,’ उनले भने, ‘यो तरिकाको गैरराजनीतिक काम जनमत पार्टीका नेताहरु गर्दै छन् ।’

लोसपाले बिहान ६ दलका ५७ सांसदको समर्थनमा प्रदेश प्रमुख समक्ष सरकारको नेतृत्वग र्न दाबी पेश गरेका थिए । जसमा यी दुई सांसदको मत पनि गणना गरिएको छ । अब यी दुई सांसदले जनस्वराज रोजेपछि लोसपा नेतृत्वमा सरकार नेतृत्वका लागि भएको दाबीमा असर पर्ने देखिन्छ ।


मधेश प्रदेश सरकार नेतृत्वका लागि कांग्रेस र लोकतान्त्रिक समाजवादी (लोसपा) नेपालले बुधबार दाबी पेस गरेका छन् ।लोसपाबाट सांसद जितेन्द्र सोनल नेतृत्वमा र कांग्रेसबाट कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित सचिव सत्रुधन प्रसाद यादवले जानकारी दिए ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले वचन फेरेको आरोप लगाउँदै मंगलबार राजीनामा दिएपछि मधेशमा नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए। उनका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको हो। उनीहरूलाई कात्तिक ...
: मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले सपथसँगै पदभार ग्रहणको पहिलो निर्णयमा ‘हेल्लो सिएम’ सुचारु गर्ने निर्णय गरेको छ। बिहीबार मुख्यमन्त्री पदको सपथसँगै पदभार ग्रहण गरेका मुख्यमन्त्री सोनलले मधेशको पहिलो मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुचारु गरेको ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने निर्णय गरेको हो। लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका सोनलले ...
: जितेन्द्र प्रसाद सोनार (सोनल)ले मधेश प्रदेशको मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनलालई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। सोनलसँगै जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र एकीकृत समाजवादी पार्टीका कनिष पटेलले शपथ लिएका छन्। बुधबार साँझ ५६ सांसदको समर्थनमा ...
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको बताएका छन्। बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताएका हुन् । प्रचण्डले अहिले निर्वाचन होला की नहोला भन्ने आशंका उत्पन्न हुनु स्वभाविक भएपनि तोकिएको समयमा ...
: ४५ मेगावाटको माथिल्लो भोटेकोशी पावर कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ। पाँचौं सेयर लगानीकर्ताको रूपमा कम्पनीले सर्वसाधारण लगानीकर्तालाई भित्र्याएको हो। यसअघि ५ प्रतिशत अमेरिकन कम्पनी, १० प्रतिशत टाटा फन्ड, १० प्रतिशत हिमाल इन्टरनेसनल पावर कम्पनी र १० प्रतिशत हिमाल इन्टरनेसनल इनर्जी कम्पनीको सेयरलगानीकर्ताको रूपमा रहेका छन्। अबको पाँच वर्षपछि नेपाल विद्युत् प्राधिकरणलाई ...