मुख्य समाचार
ओलीले भदौ २४ मा भएको विध्वंसको घटनाबारे आफूलाई पहिलै थाहा भए पनि रोक्न नसकिएको बताए
ओलीले भदौ २४ मा भएको विध्वंसको घटनाबारे आफूलाई पहिलै थाहा भए पनि रोक्न नसकिएको बताए

— एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ मा भएको विध्वंसको घटनाबारे आफूलाई पहिलै थाहा भए पनि रोक्न नसकिएको बताएका छन् ।


बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा उनले त्यस्ता हुन सक्ने घटनाबारे थाहा नभएको भन्नु गलत भएको बताए । ‘चैत्र १५ गते पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर आउन प्रयास गर्‍या हो । सिंहदरबारमा जान्छौं, तोडफोड गर्छौं, जलाउछौं । यी सबै कुरा भनिएका थिए,’ उनले दाबी छ, ‘तसर्थ थाहा नपाएको भन्ने कुरा होइन । तर त्यसै दिन यस प्रकारको घटनाको स्तरमा पुग्छ भन्ने थिएन । यसपल्ट विभिन्न कारणले रोक्न सकिएन ।’

उनले आफूले मात्र त्यस्ता घटना रोक्ने अवस्था नभएको भन्दै नेताहरुसँग गुनासो गरे । ‘त्यहाँ अध्यक्ष एक्लै मैदानमा उत्रिएर सब ठिक लाउने त होइन होला । हाम्रो त्यस प्रकारको कुराको लागि तयारी अवस्थामा थिएनौं,’ उनले थपे, ‘अब आवश्यक कुराका लागि तयारी अवस्थामा बस्ने हो ।यस्ता आकस्मिक कुरा पनि हुन सक्दा रहेछन् ।’

उनले विध्वंसात्मक प्रदर्शन रोक्ने प्रयास सम्भभव भए पनि राज्य संयत्रबाट नभएको बताए । ‘उनीहरु प्रयास त गरिरहेका थिए तर हामी त्यसलाई रोक्न सक्छौं भन्ने थियो,’ उनले थपे, ‘राज्य संयन्त्रकै प्रयोगबाट त्यो सजिलै रोक्न सकिन्थ्यो । तर रोक्न सकिएन । त्यसभन्दा पर्तिर जनताकै प्रयासबाट रोक्नुपर्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...