मुख्य समाचार
ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न आग्रह
ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न आग्रह

— एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् ।


ललितपुरको भनिमन्डलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमाले देशभक्तिपूर्ण आन्दोलन र सामाजिक आन्दोलनको नायकत्व लिइरहेको पार्टी भएको दाबी गरे ।

उनले पार्टीभित्रै आफूविरुद्व खुट्टा तान्ने काम भइरहेको र कसरी हुन्छ असफल बनाउन सकिन्छ भनेर लागिरहेको दाबी गरे । तर यस्तो काम कसले, कहिले र कसरी गर्‍यो भन्ने विवरण भने उनले खुलाएनन्।

ओलीले संविधान बनाएपछि एमाले नेतृत्वमा सरकार बनेर तराई-मधेशमा हुलाकी राजमार्ग बनाउनेदेखि उत्तरमा बेनी-जोमसोम-कोरोला नाकाको निर्माणको काम थालेको दाबी गर्दै यस्ता काम गरेपिन सरकारबाट हटाउन पार्टीभित्रकै मान्छेहरु लागेको दाबी दोहोर्‍याए।

उनले भने, 'पार्टीमा एकमनाको स्थिति कहिल्यै रहेन । पार्टीमा खुट्टा तान्ने र कसरी हुन्छ असफल बनाउनुपर्छ भन्ने स्थिति भयो।'
उनले एमालेलाइ पहिले अनुचित ढंगले सरकारबाट हटाएपनि तीन वर्षपछि पुन सरकारमा आएको विगत सम्झाउँदै त्यो कुरा प्रतिक्रियाबादी शक्तिहरुलाइ नपचेको दाबी गर्दै यसबारे आफुहरुले बुझ्नुपर्ने पनि तर्क गरे ।

जेन-जी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली पहिलो पटक निवासबाट निस्केर बैठकमा सहभागी भएका हुन् । ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै छन् । केन्द्रीय सचिवालयले मंसिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने सिफारिसलाई केन्द्रीय कमिटीले अनुमोदन गरी मिति तोक्ने छ ।



एमालेमा नेतृत्व हस्तान्तरण गर्न दबाब भए पनि ओलीले यसबारे कुनै संकेत गरेका छैनन् । प्रतिवेदनमा ओलीले जेन-जी आन्दोलन, महाधिवेशन र प्रतिनिधिसभा विघटन, फागुन २१ मा घोषणा भएको निर्वाचनबारे पार्टीको प्रस्ताव पेस गर्नेछन् ।

यसअघि ओलीले भक्तपुरमा आयोजित एक कार्यक्रममा शुसिला कार्की नेतृत्वको सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...