मुख्य समाचार
सांसदको समर्थनमा मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेस
सांसदको समर्थनमा मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेस

— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ ।


६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आहृवान गरेकी थिइन् । सो आहृवानअनुसार ६ दलको प्रस्तावमा सोनलको दाबी पेस भएको हो।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले सर्मथन गर्ने र दावी पेश गर्ने समयमा पनि उपस्थित भएका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी गरेका हुन् ।

दिउँसो ४ बजे नियुक्त गर्दै सोही समयमा सपथ खुवाउने तयारी रहेको छ । मधेस प्रदेशसभा कुल १०७ सदस्यीय छन् । दुई जना निलम्बित भएकाले हाल १०५ जना सदस्य सक्रिय छन् ।


यसअघि नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा सरकार गठनको तयारी गरे पनि अन्तिम समयमा दुई दललाई पाखा राखेर साना दलहरूले सरकार बनाउन लागेका हुन्। जनमत पार्टीले एमाले–कांग्रेस गठबन्धन छाडेर साना दलहरूसँग सहकार्य गरेर अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले सुरक्षा समस्या थप्ने गतिविधि भइरहेको र तिनको निगरानी गरिरहेको बताएका छन् । आज गृह मन्त्रालयबाहिर सञ्चारकर्मीसँग बोल्दै उनले भने, 'जो चैं अपदस्थ भा'थे त्यहाँबाट यस्ता गतिविधि भइरहेका छन् । निगरानी गर्नुपर्ने तत्व को हुन् भनेर थाहा पाएका छौं ।' जेन-जी विद्रोहले जो विस्थापित र अपदस्थ भएका थिए, उनीहरूले अहिलेसम्म बोध गर्न ...