मुख्य समाचार
हाम्रो नजर उपाधिमा छ
हाम्रो नजर उपाधिमा छ

आइसीसी टी-२० विश्वकप २०२६ मा नेपालले स्थान पक्का गरिसकेको छ।

आज दिउँसो यूएईले सामाओलाई हराउँदा नेपाल र ओमानले २०२६ भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान पक्का गरेका हुन्।

नेपालले आज घरेलु टिम ओमानमाथि ३८ रनको जित निकाल्दै अंक तालिकाको शीर्षमा उक्लिएको छ। आजको जितले नेपाल जारी प्रतियोगिताको उपाधिमा एक कदम मात्र पर रहेको छ।

नेपालका कप्तान रोहितको नजर पनि यही उपाधिमा रहेको छ। ‘हामीले यूएई र सामाओको खेल हेरेका थियौँ। हामी विश्वकप पुग्यौँ भन्ने खेल अगाडी नै थाहा थियो। तर हाम्रो नजर यो प्रतियोगिताको उपाधिमा थियो। त्यसको लागि आजको खेलमा जित निकै महत्त्वपूर्ण थियो,’ उनले पोष्ट म्याच प्रेजेन्टेसनको क्रममा भने।

रोहित लगातार दोस्रो पटक नेपाललाई विश्वकपमा डोर्‍याउने कप्तान हुन्। उनी भन्छन्, ‘म यो खुसी शब्दमा बयान गर्न सक्दिन । म निकै भाग्यशाली छु यो खेलाडीहरूको समूह छ। कोचिङ स्टाफ र टिम निकै राम्रो पाएको छु।’

आगामी वर्ष फेब्रुअरी र मार्चमा भारतमा हुने विश्वकपमा धेरै नेपाली समर्थकले समर्थन जनाउन आउनेमा उनी विश्वस्त देखिन्थे। उनले भने, ‘भारत नेपालबाट नजिकै छ। धेरै नेपाली समर्थकको अगाडि नै खेल्न पाउनेछौँ । भारतमा धेरै नेपाली समर्थक जान सक्छन् र धेरै नेपालीहरू भारतमा पनि बस्छन्।’

उनले हरेक कुरा अंग्रेजीमा भन्दै गर्दा नेपाली समर्थकलाई धन्यवाद ज्ञापन भने नेपालीमा गरे। उनले भने, ‘सम्पूर्ण नेपाली जनतालाई बधाई छ। यसै गरी माया गरिरहनु होला। समर्थन गरिरहनु होला हामी अझ राम्रो खेल्दै जानेछौँ।’

नेपाल र ओमानसँगको खेलमा प्लेअर अफ दी म्याच बनेका कुशल भुर्तेल पनि आगामी विश्वकपका लागि छनोट हुँदा निकै खुसी लागेको बताए। उनले भने,‘धेरै गर्व लागिरहेको छ। लगातार विश्वकप खेल्न पाउँदा निकै खुसी छु।’

उनले अघिल्लो सिजनको विश्वकपमा भन्दा राम्रो प्रदर्शन गर्ने समेत बताए। उनले भने,‘गएको विश्वकपमा हामीले टेष्ट राष्ट्रसँग केही निराशा भोग्यौँ । यो पाली अझ राम्रो गर्नेछौँ।’

नेपालले छनोटको अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम