मुख्य समाचार
हाम्रो नजर उपाधिमा छ
हाम्रो नजर उपाधिमा छ

आइसीसी टी-२० विश्वकप २०२६ मा नेपालले स्थान पक्का गरिसकेको छ।

आज दिउँसो यूएईले सामाओलाई हराउँदा नेपाल र ओमानले २०२६ भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान पक्का गरेका हुन्।

नेपालले आज घरेलु टिम ओमानमाथि ३८ रनको जित निकाल्दै अंक तालिकाको शीर्षमा उक्लिएको छ। आजको जितले नेपाल जारी प्रतियोगिताको उपाधिमा एक कदम मात्र पर रहेको छ।

नेपालका कप्तान रोहितको नजर पनि यही उपाधिमा रहेको छ। ‘हामीले यूएई र सामाओको खेल हेरेका थियौँ। हामी विश्वकप पुग्यौँ भन्ने खेल अगाडी नै थाहा थियो। तर हाम्रो नजर यो प्रतियोगिताको उपाधिमा थियो। त्यसको लागि आजको खेलमा जित निकै महत्त्वपूर्ण थियो,’ उनले पोष्ट म्याच प्रेजेन्टेसनको क्रममा भने।

रोहित लगातार दोस्रो पटक नेपाललाई विश्वकपमा डोर्‍याउने कप्तान हुन्। उनी भन्छन्, ‘म यो खुसी शब्दमा बयान गर्न सक्दिन । म निकै भाग्यशाली छु यो खेलाडीहरूको समूह छ। कोचिङ स्टाफ र टिम निकै राम्रो पाएको छु।’

आगामी वर्ष फेब्रुअरी र मार्चमा भारतमा हुने विश्वकपमा धेरै नेपाली समर्थकले समर्थन जनाउन आउनेमा उनी विश्वस्त देखिन्थे। उनले भने, ‘भारत नेपालबाट नजिकै छ। धेरै नेपाली समर्थकको अगाडि नै खेल्न पाउनेछौँ । भारतमा धेरै नेपाली समर्थक जान सक्छन् र धेरै नेपालीहरू भारतमा पनि बस्छन्।’

उनले हरेक कुरा अंग्रेजीमा भन्दै गर्दा नेपाली समर्थकलाई धन्यवाद ज्ञापन भने नेपालीमा गरे। उनले भने, ‘सम्पूर्ण नेपाली जनतालाई बधाई छ। यसै गरी माया गरिरहनु होला। समर्थन गरिरहनु होला हामी अझ राम्रो खेल्दै जानेछौँ।’

नेपाल र ओमानसँगको खेलमा प्लेअर अफ दी म्याच बनेका कुशल भुर्तेल पनि आगामी विश्वकपका लागि छनोट हुँदा निकै खुसी लागेको बताए। उनले भने,‘धेरै गर्व लागिरहेको छ। लगातार विश्वकप खेल्न पाउँदा निकै खुसी छु।’

उनले अघिल्लो सिजनको विश्वकपमा भन्दा राम्रो प्रदर्शन गर्ने समेत बताए। उनले भने,‘गएको विश्वकपमा हामीले टेष्ट राष्ट्रसँग केही निराशा भोग्यौँ । यो पाली अझ राम्रो गर्नेछौँ।’

नेपालले छनोटको अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम