मुख्य समाचार
भारतको राजस्थानको भाजैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा आगलागी हुँदा २० जना यात्रुको मृत्यु
भारतको राजस्थानको भाजैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा आगलागी हुँदा २० जना यात्रुको मृत्यु

: भारतको राजस्थानको भाजैसलमेरबाट जोधपुर आउँदै गरेको एसी बसमा आगलागी हुँदा २० जना यात्रुको मृत्यु भएको छ। आगलागी पछि मुख्यमन्त्री भजनलाल शर्मासँगै घटनास्थल पुगेका विधायक प्रताप पुरीले बसबाट १९ वटा शव निकालिएको सञ्चारमाध्यमलाई बताएका छन्। जोधपुर रेफर गरिएका एक घाइतेको मृत्यु भएको छ।

बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 'राजस्थानको जैसलमेरमा भएको बस आगजनीमा परी ज्यान गुमाउनेहरूप्रति म दु:खी छु। यस कठिन समयमा उहाँहरूका परिवारहरूसँग छु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु,' प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्।

यसका साथै उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन्। मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको एउटा निजी एसी बसमा अचानक आगलागी भएको थियो। धेरै यात्रुहरू गम्भीर रूपमा जलेका थिए। प्राथमिक उपचारपछि उनीहरूलाई जैसलमेरबाट जोधपुर सारिएको थियो।

आगलागीबाट बस पूर्णरूपमा जलेर खरानी भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इरानले बिहीबार कुवेतस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको छ ।कुवेतको सेनाले बिहीबार इरानबाट आएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई रोकेको बताएको छ । त्यसैगरी, इरानको सरकारी टिभीले तेहरानले 'अमेरिकी अपराधको प्रतिक्रियामा खाडी राज्यमा अमेरिकी शिविरमाथि गरिएको' जनाएको छ । अमेरिकाले बुधबार बिहान हर्मुजान प्रान्तस्थित कुहेस्ताक शहरमा एक विवाह भोजमा आक्रमण गर्दा कम्तिमा ४ जना सर्वसाधारणको मृत्यु भएको ...
— युरोपेली संघ (ईयू) ले अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि थप ८ करोड ९० लाख रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ । यससँगै विपद्का लागि ईयूको कुल आपतकालीन सहायता ४४ करोड ५० लाख रुपैयाँभन्दा भएको छ । नयाँ सहयोग इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज (आईएफआरसी) को विपद् प्रतिकार्य ...
— संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोग (युएनएचसीआर) ले तीन वर्षभन्दा कम अवधिमा ६० लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किएको जनाएको छ । युएनएचसीआरले यति ठूलो संख्यामा शरणार्थीहरू आफ्नै थातथलोमा फर्किएको यो घटना इतिहासकै असाधारण रहेको जनाएको छ । स्वदेश फिर्तीलाई सामान्य प्रक्रिया भनिए पनि यो अभियान पूर्ण रूपमा स्वैच्छिक, सुरक्षित र सम्मानजनक हुनुपर्नेमा एजेन्सीले जोड दिएको छ ...
। संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले अफगानिस्तानमा एक दशकभन्दा लामो समयसम्म जारी सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदनअनुसार सन् २००९ को जनवरीदेखि २०२१ को अगस्ट मध्यसम्म कम्तीमा ४० हजार सर्वसाधारणको मृत्यु भएको छ भने ७७ हजारभन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहायता मिसन (युनामा)ले मङ्गलबार सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित ...
। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका इस्लामावाद एमओयूअनुसार आफ्नो जिम्मेवारी निभाउन तयार भए इरान पछि सम्झौता लागु गर्न शीघ्र सुरु गर्ने बताएका छन् । मंगलबार सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘इरान र अमेरिकाबीच इस्लामावाद एमओयूमा अमेरिकी राष्ट्रपतिको पनि दस्तखत थियो,’ उनले भने, ‘तर, यो दस्तावेजप्रति अमेरिकाले दुई हप्ता भन्दा पनि कम समय ...