मुख्य समाचार
संसद पुनर्स्थापना नभए जेनजीका माग ६ वर्षपछि मात्र पूरा हुन्छ : एकीकृत समाजवादी
संसद पुनर्स्थापना नभए जेनजीका माग ६ वर्षपछि मात्र पूरा हुन्छ : एकीकृत समाजवादी

: नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधि सभा पुनर्स्थापना नभए जेनजीका माग अबको ६ वर्ष लाग्ने दाबी गरेका छन्। आज सभामुख देवराज घिमिरेसँगको छलफलपछि पाण्डेले प्रतिनिधि सभा विघटन नभएको भए अहिले नै पूरा हुने अवस्था रहेको बताएका हुन्।

‘वास्तवमा अहिले संसद बचाएको भए जेनजीले सडकमा उठाएका माग कुराहरु, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि लिएर जुन कुरा उठाएका छन् ति पूरा हुन्थे। हामी बाचेकै संसदबाट काम कुरा गर्न सक्थ्यौ र त्यसकै आधारमा चुनावमा जान सक्थ्यौं। तर यो भएन।’ पाण्डेले भने,‘अब जेनजीको माग ६ वर्षपछि मात्र पूरा हुन्छ। किनभने अब चु्नाव हुन्छ। नयाँ प्रतिनिधि आउँछन्। उनीहरुले पनि कार्यकालको अन्तिम अन्तिममा संविधान संशोधन गर्छन्। त्यो अर्को चुनावमा मात्र हुन्छ। त्यो गल्ति भयो।’

वरिष्ठ उपाध्यक्षमा पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद विघटनको विज्ञप्ति जारी गर्ने बित्तिकै ८ वटा दलका २२९ जना सांसदले असंवैधानिक भनेर वक्तव्य जारी गरेको उल्लेख गरे। उनले अदालतले सरकार बनेकोदेखि लिएर विघटन असंवैधानिक ठहर गर्‍यो भने नयाँ कोर्सबाट अगाडि बढ्ने बताए। उनले सर्वोच्चमा हिजो १० वटा रिट परेकाले न्यायिक परीक्षण हुने बताए। उनले सभामुख संसद विघटनको मुद्दा लिएर नजाने बताए।


पाण्डेले डिरेल भएको संवैधानिक अवस्थालाई लिकमा ल्याउने निर्वाचनले नै भएको बताए। पाण्डेले भने,‘अहिले संविधानमाथि पनि समस्या परेको छ। जुन धारा टेकेर सुशीला कार्की जी प्रधानमन्त्री बन्नुभएको छ। त्यो धाराअनुसार प्रधानमन्त्री बन्ने ठाउँ छैन।’
उनले कैदीबन्दी फरार रहेको, हातहतियार लुटिएको, गोली हराएको अवस्थामा आगामी निर्वाचन निष्पक्ष हुन नसक्ने दाबी गरे।पाण्डेले भने,‘ तर, अहिले चुनावको वातावरण छैन। सरकारका मन्त्रीहरू नै चुनाव नगर्ने नगर्ने टाइपका भाषणहरू गरिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए। संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए। ...
: रुपन्देहीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देही सूचना जारी गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू बिहान ७ देखि बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको हो। चाडपर्वमा मनाउने नाममा कसैको इच्छाविरुद्ध क्रियाकलापहरू तथा समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलाप ...
: बुद्ध मूर्तिसहित आइफोन चोर्ने एक जना पक्राउ परेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरले चितवन निवासी २९ वर्षीय विजय लामालाई पक्राउ गरेको हो। आन्दोलनका क्रममा लामाले बुद्ध मूर्ति एक थान, गणेशको मूर्ति अंकित शंखजस्तो एक थान, गणेश मूर्ति एक थान, सिङगिङ्ग बल एक थान र आइफोन फोर्टिन प्रो-म्याक्स एक थान चोरी गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध ...
सेयर निष्कासन र लगानीकर्ताले भोगेका समस्या समाधान नभए आन्दोलन गर्ने इप्पानको चेतावनी
: जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान लौकहीबाट ईनरुवातर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा ३८ वर्षीय सन्तोष बस्नेतको साथबाट प्रतिबन्धित खैरोहिरोईन १२.७० ग्राम फेला पारेको डिएसपी योगराज खतिवडाले बताए। उक्त लागूऔषध र मोटरसाइकलसहित बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए। त्यस्तै, मंगलबार बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुबेक्षा ...