: जनमत पार्टीबाट अगल भएर बनेको जनस्वराज पार्टीमा दुई जनाले सांसदले हस्ताक्षर गरेका छन्। निर्वाचन आयोग मधेस प्रदेशको कार्यालयमा पुगेर मुख्यमन्त्री सतिष कुमार सिंह र पूर्व मन्त्री त्रिभुवन साहले जनस्वराजमा हस्ताक्षर गरेका हुन्।
उनीहरू सनाखतका लागि निर्वाचन कार्यालय पुग्दा दुईतर्फी झडपको अवस्था सिर्जना भएको थियो। मधेस प्रदेशसभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री सिंहले राजीनामा दिइसकेका छन्।