: जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान लौकहीबाट ईनरुवातर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा ३८ वर्षीय सन्तोष बस्नेतको साथबाट प्रतिबन्धित खैरोहिरोईन १२.७० ग्राम फेला पारेको डिएसपी योगराज खतिवडाले बताए।
उक्त लागूऔषध र मोटरसाइकलसहित बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।
त्यस्तै, मंगलबार बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुबेक्षा मेडिकल पसलबाट लागूऔषधि बरामद गरेको प्रहरीले जनाएको छ। पसलकी सञ्चालिका ४० वर्षीया शान्ति राजधामीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि औषधि व्यवस्थापन विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुवरले बताए।