मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको जानकारी दिएका छन् । ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार, यो वार्ता करिब दुई घन्टा लामो थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी भ्रमणमा निस्किएको र त्यहाँ थप सैन्य सहायता माग्न सक्ने सम्भावनाका बीच यो संवाद भएको हो ।

ट्रम्पले आफ्नो ट्रुथ सोशल पोष्टमा लेखेका छन्, ‘पुटिनसँगको कुराकानी निकै राम्रो भयो। उनले मलाई र अमेरिकालाई मध्यपूर्वमा शान्ति ल्याउने कामका लागि बधाइ दिएका थिए।’

पुटिनले यसलाई एक पुरानो सपना पूरा भएको संज्ञा दिएका छन् । ट्रम्पले मध्यपूर्वको सफलताबाट रूस–युक्रेन युद्ध रोक्न पनि मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

अर्को हप्ता बुडापेस्टमा भेट्ने सम्भावना

पुटिनले मेलानिया ट्रम्पको प्रशंसा गर्दै उनले बालबालिकाका लागि धेरै राम्रो काम गरिरहेकी बताएको ट्रम्पले जानकारी दिएका छन् । दुवै नेताले युद्धपछि रूस र अमेरिकाबीच व्यापार लगायतका विषयमाथि पनि कुराकानी गरेका छन्।

वार्तापछि ट्रम्प र पुटिनले अर्को हप्ता वरिष्ठ अधिकारीहरूको बैठक राख्ने निर्णय गरेका छन् । अमेरिकाको तर्फबाट विदेश मन्त्रालयका अधिकारी मार्को रुबियो र केही प्रतिनिधि सहभागी हुने बताइएको छ। बैठक स्थलगत रूपमा कहाँ हुनेछ भन्ने अहिलेसम्म तय भएको छैन।

यसपछि रूस–युक्रेन युद्धलाई अन्त्य गर्ने प्रयास जारी राख्न ट्रम्प र पुटिन हंगेरीको बुडापेस्टमा पनि भेट्ने बताइएको छ ।

राम्रा हतियार माग्दै जेलेन्स्की



जेलेन्स्कीले ट्रम्पसँग लामो दूरीका टोमहक मिसाइलहरू जस्ता उन्नत हतियार माग्ने सम्भावना छ। यी मिसाइलहरूले मस्को र अन्य ठूला रुसी शहरहरूलाई युक्रेनको आक्रमण दायरामा ल्याउन सक्ने क्षमता राख्छन्।

ट्रम्पले पुटिन वार्ता टेबलमा नआए उनी ती हतियार दिने अनुमति दिन सक्ने चेतावनी दिंदै आएका छन् ।

रूसले युक्रेनका ऊर्जा केन्द्रहरूलाई लक्षित गर्दै हमला गरिरहेकै छ । रूसले युक्रेनका ऊर्जा संरचनामाथि नयाँ किसिमका आक्रमण सुरु गरेसँगै अमेरिकाले टोमहक मिसाइल दिने छलफल सुरु गरेको हो ।

जेलेन्स्कीले बताएअनुसार बिहीबार राति मात्रै रूसले ३०० भन्दा बढी ड्रोन र ३७ मिसाइल प्रहार गरेको छ। यस जाडो मौसममा रूसले ग्यास सेवाको पूर्वाधारलाई बढी निशाना बनाएको देखिन्छ।

युद्धको चौथो वर्ष सुरु भएसँगै ऊर्जा प्रणालीमाथि भएका हमलाहरूमा वृद्धि देखिएको छ।

– एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इरानले बिहीबार कुवेतस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको छ ।कुवेतको सेनाले बिहीबार इरानबाट आएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई रोकेको बताएको छ । त्यसैगरी, इरानको सरकारी टिभीले तेहरानले 'अमेरिकी अपराधको प्रतिक्रियामा खाडी राज्यमा अमेरिकी शिविरमाथि गरिएको' जनाएको छ । अमेरिकाले बुधबार बिहान हर्मुजान प्रान्तस्थित कुहेस्ताक शहरमा एक विवाह भोजमा आक्रमण गर्दा कम्तिमा ४ जना सर्वसाधारणको मृत्यु भएको ...
— युरोपेली संघ (ईयू) ले अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि थप ८ करोड ९० लाख रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ । यससँगै विपद्का लागि ईयूको कुल आपतकालीन सहायता ४४ करोड ५० लाख रुपैयाँभन्दा भएको छ । नयाँ सहयोग इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज (आईएफआरसी) को विपद् प्रतिकार्य ...
— संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोग (युएनएचसीआर) ले तीन वर्षभन्दा कम अवधिमा ६० लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किएको जनाएको छ । युएनएचसीआरले यति ठूलो संख्यामा शरणार्थीहरू आफ्नै थातथलोमा फर्किएको यो घटना इतिहासकै असाधारण रहेको जनाएको छ । स्वदेश फिर्तीलाई सामान्य प्रक्रिया भनिए पनि यो अभियान पूर्ण रूपमा स्वैच्छिक, सुरक्षित र सम्मानजनक हुनुपर्नेमा एजेन्सीले जोड दिएको छ ...
। संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले अफगानिस्तानमा एक दशकभन्दा लामो समयसम्म जारी सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदनअनुसार सन् २००९ को जनवरीदेखि २०२१ को अगस्ट मध्यसम्म कम्तीमा ४० हजार सर्वसाधारणको मृत्यु भएको छ भने ७७ हजारभन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहायता मिसन (युनामा)ले मङ्गलबार सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित ...
। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका इस्लामावाद एमओयूअनुसार आफ्नो जिम्मेवारी निभाउन तयार भए इरान पछि सम्झौता लागु गर्न शीघ्र सुरु गर्ने बताएका छन् । मंगलबार सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘इरान र अमेरिकाबीच इस्लामावाद एमओयूमा अमेरिकी राष्ट्रपतिको पनि दस्तखत थियो,’ उनले भने, ‘तर, यो दस्तावेजप्रति अमेरिकाले दुई हप्ता भन्दा पनि कम समय ...