मुख्य समाचार
नेपालले सामोआसँग खेल्दै
नेपालले सामोआसँग खेल्दै

। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत अन्तिम खेलमा नेपालले आज सामोआसँग खेल्दै छ ।

यस छनोट प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले सामोआलाई हराएमा ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जित्नेछ ।

नेपाल र सामोआबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ । सामोआ भने सुपर सिक्समा जितविहीन रहेको छ ।

छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काटिसकेका छन् ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । त्यस्तै सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो भने त्यसपछि कतारसँग ५ रनको जित निकालेको थियो ।

ओमानमाथि भने नेपालले ३८ रनको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आईसीसी ट्वान्टी–२० विश्वकप पुगेको नेपालले ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिकमा छनोट उपाधि जितेर दोहोरो खुसीयाली मनाएको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गरेपछि नेपाल विजेता बन्ने निश्चित भएको हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा भएका प्रतियोगिताहरुमा जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । २०१८ को अक्टोबरमा मलेसियामा नेपालले ट्वान्टी–२० विश्वकपको ...
— नेपालले यू–१७ वुमेन्स एसियाकप छनोटमा थाइल्यान्डको हातबाट ठूलो अन्तरको हार बेहोरेको छ । थाइल्यान्डको चोनुबरीमा भएको खेलमा नेपाल १२–० ले पराजित रहेको हो । समूह ‘एफ’मा बेहोरेको हारसँगै नेपालको प्रतियोगितामा चुनौती समाप्त भएको छ । यो नतिजापछि नेपाल १ अंकमा सीमित रह्यो र तीन टिममध्ये दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले तुर्किमिनिस्तानविरुद्धको खेल गोलरहित बराबरी ...
ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालका अलराउन्डर ब्याटर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्। उनको यो १० औँ टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो। उनले ८७ खेलमा ७७ इनिङ्समा ९ वटा अर्धशतक प्रहार गरेका थिए। उनले ३१ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गत सामाओसँगको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। उनको यो टी-२० अन्तर्राष्ट्रियमा १०औँ अर्धशतक हो। आसिफले ३१ बलमा ६ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनले यसअघि ६७ खेलमा ६६ इनिङ्स खेल्दै ९ वटा अर्धशतक प्रहार गरेका थिए। उनले पहिलो विकेटका लागि ...
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य