मुख्य समाचार
इजरायलको आक्रमणबाट हुथी विद्रोही समूहका सैन्य प्रमुख मारिएको पुष्टि
इजरायलको आक्रमणबाट हुथी विद्रोही समूहका सैन्य प्रमुख मारिएको पुष्टि

। इजरायलको आक्रमणबाट हुथी विद्रोही समूहका सैन्य प्रमुख मारिएको पुष्टि भएको छ । हुथी समूहले इजरायली आक्रमणबाट आफ्ना सैन्य प्रमुख मारिएको पुष्टि गर्दै हत्याको बदला लिने चेतावनी दिएको छ ।

हुथी लडाकू समूहको सैन्य शाखाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मेजर जनरल मोहम्मद अल–घमारीको इजरायली शत्रुविरुद्धको सम्मानजनक लडाइँमा मृत्यु भएको छ ।’


हुथीले आफ्ना कमाण्डर (सैन्य प्रमुख) घमारीसहित केही लडाकू र घमारीका १३ वर्षीय छोराको इजरायली आक्रमणबाट मृत्यु भएको बताएको हो । तर इजरायलले गरेको आक्रमण र उनीहरुको मृत्युको मिति भने सार्वजनिक गरेको छैन ।

दुई वर्षे गाजा युद्धमा युद्धविराम भएपछि हुथी समूहले आफ्ना सैन्य प्रमुख मारिएको औपचारिक रुपमा पुष्टि भएको हो । हुथीहरूले प्यालेष्टिनी हमास समूहमाथि इजरायलले गरेको आक्रमणको विरोध गर्दै आएका थिए । उनीहरुले ‘रेड सी’ क्षेत्रमा बारम्बार इजरायल लक्षित आक्रमण भन्दै मालवाहक जहाजहरूलाई निशाना बनाएका थिए ।

त्यसको बदलामा इजरायलले सेप्टेम्बरको अन्त्यतिर यमनमा रहेको हुथी समूहको सैन्य मुख्यालयलाई लक्षित गरी आक्रमण गरेको थियो । इजरायली रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल एक्समा बिहीबार गरेको पोस्टमा अगस्टको अन्त्यमा भएको हमलामा हुथी प्रधानमन्त्री र उनको क्याबिनेटका आधाभन्दा बढी सदस्यको मृत्यु भएको उल्लेख गरेका थिए । सो आक्रमणमा घमारी घाइते भएको र पछि उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानका राष्ट्रपति मसुद पेजेश्कियानले जनतालाई कठिन परिस्थितिको सामना गर्न तयार रहनु पर्ने बताएका छन् । इरानको फार्स समाचार एजेन्सीका अनुसार पेजेश्कियानले भने, ‘केही मानिस अमेरिका र युरोपमा महँगी बढोस् भन्ने चाहन्छन् । तर युद्ध लडिरहेको हाम्रो देशमा महँगी नबढोस् भन्ने अपेक्षा गर्नु मलाई बुझ्न गाह्रो लाग्छ ।’ उनले भने, ‘जब हामी युद्धमा हुन्छौँ, तब वस्तु ...
: अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिरसम्म फैलिएको र उनी निकै पीडामा रहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन् । हन्टर बाइडेनले बीबीसीको ‘न्युज नाइट’ कार्यक्रममा दिएको अन्तर्वार्तामा भने, ‘क्यान्सर उहाँको हड्डी र त्यसभन्दा बाहिरसम्म फैलिएको छ । यो निकै पीडादायी छ र धेरै हिसाबले कमजोर बनाउने अवस्था हो ।’ जो बाइडेनले सन् ...
: इरानी अधिकारीहरूले होर्मुज जलडमरूमध्यसम्बन्धी ओमानसँगको अन्तिम सम्झौताबारे छलफल गरिरहेका छन् । तर उच्च अधिकारीहरूले रणनीतिक महत्वको उक्त जलमार्ग पूर्ण रूपमा पुनःखोल्ने विषय अमेरिकाबाट हुने सहुलियतमा निर्भर रहने बताएका छन् । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले शनिबार ओमानसँगको सम्झौता ‘अन्तिम चरणमा पुगेको’ बताएका छन् । तर उनले जलडमरूमध्य पूर्ण रूपमा खोल्ने विषय अमेरिकाले जुनमा भएको समझदारीपत्र अन्तर्गत ...
: ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा हेलिकप्टरका पाइलटसहित तीन जना कोलम्बियाली महिलाको मृत्यु भएको कोलम्बियाली महावाणिज्यदूतले जनाएको छ । ती तीन महिला एउटै परिवारका सदस्य रहेको बताइएको छ । उनीहरू सहरको छेउमा रहेको बाक्लो जंगल र पहाडी क्षेत्र तिजुका राष्ट्रिय निकुञ्जमाथि पर्यटकीय भ्रमणका लागि ...
: मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीच वार्ता जारी छ । सम्भवतः चाँडै नै यसबारे कुनै सकारात्मक खबर आउन सक्छ । तर, यसैबीच एउटा आश्चर्यजनक खबर बाहिर आएको छ । इजरायली सेनाले आफ्ना सबै सैन्य बिदा रद्द गरेको बताइएको छ । स्रोतका अनुसार, यस कदमले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि नयाँ हमला गर्ने तयारी गरिरहेको संकेत ...