मुख्य समाचार
उरुग्वेले ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ
उरुग्वेले ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ

। उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ ।

यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ ।

दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानूनहरूको इतिहास बनाइसकेको छ । अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छामृत्यु पनि त्यस सूचिमा थपिएको हो ।

सिनेटमा भएको मतदानमा उपस्थित ३१ मध्ये २० जना सांसदले विधेयकको समर्थन गरेका थिए । तल्लो सदन अर्थात् प्रतिनिधिसभाले यसअघि अगस्टमा यसलाई अनुमोदन गरिसकेको थियो ।

करिब १० घण्टासम्म चलेको गम्भीर र भावनात्मक बहसपछि यो मतदान सम्पन्न भएको हो । यसलाई धेरै सांसदले ‘राजनीतिक रूपमा सबैभन्दा कठिन विषय’ भनेका थिए ।

विधानसभा भवनको ग्यालरीमा उपस्थित दर्शकमध्ये केहीले निर्णयपछि ‘हत्याराहरू’ भन्दै नाराबाजी गरे पनि बहस प्रायः मर्यादित र सभ्य रहेको थियो ।

‘म अहिले अत्यन्त राहत र खुशी महसुस गर्दैछु’, इच्छामृत्युका समर्थक फ्लोरेन्सिया सालगुइरोले मतदानपछि एएफपीसँग भने । उनले आफ्ना दिवङ्गत पिताको पीडादायी अन्तिम दिन सम्झिँदै भने, ‘मेरो बुबा ल्यु गेहरिग रोगले असह्य पीडा भोग्दै बाँच्न बाध्य हुनुभयो, तर आफ्नो इच्छा पूरा नगरी नै जानुभयो ।’

क्याथोलिक चर्चले भने उक्त निर्णयप्रति ‘गहिरो दुःख र चिन्ता’ व्यक्त गरेको उल्लेख गर्दै भनेको छ, ‘जीवन पवित्र हो र यसको अन्त्य कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन ।’
ल्याटिन अमेरिकामा इच्छामृत्युबारे कानूनी मान्यता दिने प्रयासमा उरुग्वे अग्रणी बनेको छ । कोलम्बिया र इक्वेडरमा अदालतले कानून पारित नगरी नै इच्छामृत्युलाई अपराधमुक्त गरेको छ भने क्युबाले टर्मिनल बिरामीलाई कृत्रिम जीवन समर्थन अस्वीकार गर्ने अधिकार दिएको छ ।

उरुग्वेको सत्तारूढ वामपन्थी फ्रेन्टे एम्प्लियो पार्टीले विधेयक अघि सारेको थियो, जसले धार्मिक दक्षिणपन्थी समूहहरूबाट कडा विरोधको सामना गर्नुपरेको थियो ।

तर हालैको एक सर्वेक्षण अनुसार देशका ६० प्रतिशतभन्दा बढी नागरिकले कानूनी इच्छामृत्युलाई समर्थन गरेका छन् भने २४ प्रतिशतले मात्र विरोध गरेका छन् ।

नयाँ कानूनअनुसार वयस्क उरुग्वे नागरिक वा त्यहाँका स्थायी बासिन्दा जसको मानसिक क्षमता ठीक छ र असाध्य रोगको अन्तिम चरणमा छन् तर तिनीहरू निरन्तर पीडामा छन् भने तिनीहरूले चिकित्सकको सहयोगमा आफ्नो जीवन अन्त्य गर्न सक्नेछन् ।

दुई दशकदेखि न्युरोडिजेनेरेटिभ रोग एएलएससँग सङ्घर्ष गर्दै आएकी ७१ वर्षीया बिट्रिज गेलोसले भनिन, ‘यो निर्णय अत्यन्त दयालु र मानवतावादी हो । विरोधीहरूलाई यस्तो जीवन बिताउन कस्तो हुन्छ भन्ने थाहा छैन ।’

त्यस्तै वकिल मोनिका कानेपाका छोरा पाब्लो (३९) असाध्य रोगले पूर्ण रूपमा पक्षघातले ग्रस्त छन् । उनले भावुक हुँदै भने, ‘पाब्लो केवल बाँचिरहेका छन्, तर त्यो जीवन होइन ।’

उरुग्वे मेडिकल एसोसिएसनले आफ्ना सदस्य चिकित्सकहरूलाई व्यक्तिगत अन्तःकरणअनुसार निर्णय गर्न स्वतन्त्रता दिने बताएको छ तर यसबारे कुनै आधिकारिक कदम चालेको छैन ।

क्याथोलिक चर्चले भने उक्त निर्णयप्रति ‘गहिरो दुःख र चिन्ता’ व्यक्त गरेको उल्लेख गर्दै भनेको छ, ‘जीवन पवित्र हो र यसको अन्त्य कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन ।’

यससँगै उरुग्वेले मानव मर्यादाको प्रश्नमा ल्याटिन अमेरिकामा नयाँ नजीर स्थापित गरेको छ ।

– एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानका राष्ट्रपति मसुद पेजेश्कियानले जनतालाई कठिन परिस्थितिको सामना गर्न तयार रहनु पर्ने बताएका छन् । इरानको फार्स समाचार एजेन्सीका अनुसार पेजेश्कियानले भने, ‘केही मानिस अमेरिका र युरोपमा महँगी बढोस् भन्ने चाहन्छन् । तर युद्ध लडिरहेको हाम्रो देशमा महँगी नबढोस् भन्ने अपेक्षा गर्नु मलाई बुझ्न गाह्रो लाग्छ ।’ उनले भने, ‘जब हामी युद्धमा हुन्छौँ, तब वस्तु ...
: अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिरसम्म फैलिएको र उनी निकै पीडामा रहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन् । हन्टर बाइडेनले बीबीसीको ‘न्युज नाइट’ कार्यक्रममा दिएको अन्तर्वार्तामा भने, ‘क्यान्सर उहाँको हड्डी र त्यसभन्दा बाहिरसम्म फैलिएको छ । यो निकै पीडादायी छ र धेरै हिसाबले कमजोर बनाउने अवस्था हो ।’ जो बाइडेनले सन् ...
: इरानी अधिकारीहरूले होर्मुज जलडमरूमध्यसम्बन्धी ओमानसँगको अन्तिम सम्झौताबारे छलफल गरिरहेका छन् । तर उच्च अधिकारीहरूले रणनीतिक महत्वको उक्त जलमार्ग पूर्ण रूपमा पुनःखोल्ने विषय अमेरिकाबाट हुने सहुलियतमा निर्भर रहने बताएका छन् । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले शनिबार ओमानसँगको सम्झौता ‘अन्तिम चरणमा पुगेको’ बताएका छन् । तर उनले जलडमरूमध्य पूर्ण रूपमा खोल्ने विषय अमेरिकाले जुनमा भएको समझदारीपत्र अन्तर्गत ...
: ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा हेलिकप्टरका पाइलटसहित तीन जना कोलम्बियाली महिलाको मृत्यु भएको कोलम्बियाली महावाणिज्यदूतले जनाएको छ । ती तीन महिला एउटै परिवारका सदस्य रहेको बताइएको छ । उनीहरू सहरको छेउमा रहेको बाक्लो जंगल र पहाडी क्षेत्र तिजुका राष्ट्रिय निकुञ्जमाथि पर्यटकीय भ्रमणका लागि ...
: मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीच वार्ता जारी छ । सम्भवतः चाँडै नै यसबारे कुनै सकारात्मक खबर आउन सक्छ । तर, यसैबीच एउटा आश्चर्यजनक खबर बाहिर आएको छ । इजरायली सेनाले आफ्ना सबै सैन्य बिदा रद्द गरेको बताइएको छ । स्रोतका अनुसार, यस कदमले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि नयाँ हमला गर्ने तयारी गरिरहेको संकेत ...