मुख्य समाचार
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन राजनीतिक दलहरूलाई आग्रह
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन राजनीतिक दलहरूलाई आग्रह

: निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

बिहीबार काठमाडौंमा आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गर्दै आयोगले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरेको हो। छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले सरकारले निष्पक्ष र भयरहित रूपमा निर्वाचन गर्ने वातावरण बनाउन नसकेको जनाएका थिए।

कांग्रेस नेता मीन विश्वकर्माले वर्तमान सरकार निर्माणका लागि गठन भएपनि निर्वाचन गर्न सरकार तत्पर नदेखिएको बताए। उनले निष्पक्ष रूपमा निर्वाचन हुने वातावरण बनाउन सुझाव दिएको उल्लेख गरे। निर्वाचनमा भाग लिन सबै दलहरू तयार रहेको तर त्यसको वातावरण सरकारले बनाउनुपर्ने सबै दलको सुझाव रहेको उनको भनाइ छ।

त्यस्तै एमालेका नेता गुरु बरालले निर्वाचन गर्न निष्पक्ष, भयरहित वातावरण बनाउनुपर्नेमा सरकारले त्यस्तो वातावरण बनाउन नसकेको धारणा राखे। त्यस्तै माओवादी नेता देव गुरुङले तोकिएको समयमा निर्वाचन हुनुपर्ने भए पनि सरकारले निर्वाचनको वातावरण बनाउनेमा आशंका उत्पन्न भएको बताए।

सरकारले दलहरूलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा आफूहरूको जोड रहेको उनले बताए। त्यस्तै छलफलमा सहभागी अन्य दलहरूले पनि निर्वाचनमा लागि सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए।

आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो। जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा ‘आजको संकट र पार्टी पुनर्गठन’ विषयक प्रस्ताव पेश गरेका छन् । जेनजी आन्दोलन, वर्तमान परिस्थिति, पार्टी नेतृत्व, महाधिवेशन लगायतका विषयमा उनले १६ पृष्ठ लामो प्रस्ताव पेश गरेका हुन् । उनले विभिन्न परिस्थिति केलाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहज रुपमा नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्न सुझाव दिएका छन् ...
। चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
। निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
। रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गतको रानिकोट-किटनी सडकखण्ड १९ दिनभित्र बाँकी रहेको निर्माण कार्यलाई सम्पन्न गर्ने भन्दै यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका ...
। दुई दिने जेन–जी आन्दोलनको क्रममा ६ सय ८८ सरकारी कार्यालयमा क्षति पुगेको छ। सेनाले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको क्रममा ६ सय ८८ सरकारी कार्यालयमा क्षति पुगेको जनाएको हो। सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले ती सरकारी कार्यालयमा तोडफोड र आगजनी बताएको बताएका छन्। उनका अनुसार ३०७ प्रहरी कार्यालय पनि आक्रमणको निशानामा ...