मुख्य समाचार
बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग
बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग

: बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ। गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँद‌ै उनीलाई मृत्युदण्डको माग गरिएको हो।

अदालतमा अभियोजन पक्षले पूर्वप्रधानमन्त्री हसिनाको भूमिका मानवताविरुद्धको अपराध भएको जिकिर गर्दै मृत्युदण्डको माग गरेको हो। बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने,' 'हसिनालाई मृत्युदण्ड दिनुपर्छ। मानवीयरूपमा सम्भव नभएकाले मृत्युदण्डको माग गर्छौं।'

बंगलादेशमा भएको विद्यार्थी विरोध प्रदर्शन हिंसात्मक बन्दा सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरूको मृत्यु भएको थियो। जसका कारण शेख हसिनाले सत्ता छोड्नुपरेको थियो।

हसिना हाल भारतमा शरण लिएर बसेकी छिन्। उनीविरुद्ध मुद्दा चलिरहेको बेला एउटा अडियो क्लिप बाहिरिएको आएकझ छ ,जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको सुनिन्छ।

यद्यपि, हसीनाले यी आरोपलाई अस्वीकार गरेकी छिन्। गत वर्षको हिंसामा लगभग १ हजार ४०० जनाको ज्यान गएको थियो । यसलाई सन् १९७१ को स्वतन्त्रता युद्धपछिको बंगलादेशको सबैभन्दा खराब हिंसा मानिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनका हुथी विद्रोहीले आइतबार दाबी गरेका छन् । साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो । हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताए । उत्तरपश्चिमी यमनमा साउदी ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन् । उनले जबसम्म हमासले पूर्ण रूपमा हतियार बसाउँदैन, तबसम्म इजरायली सेना गाजाबाट नफर्किने पनि अडान लिएका छन् । ‘इजरायले १५ बुँदे दस्ताबेज स्वीकार गर्दैन,’ आइतबार नेतन्याहुले भने, ‘हमासले पूर्ण रूपमा हतियार नबसाएसम्म इजरायली सेना फिर्ता हुन्न । र, ...
। टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो । ताइवानका केही वायुसेवा कम्पनीले पनि आइतबार ...
: इरानका राष्ट्रपति मसुद पेजेश्कियानले जनतालाई कठिन परिस्थितिको सामना गर्न तयार रहनु पर्ने बताएका छन् । इरानको फार्स समाचार एजेन्सीका अनुसार पेजेश्कियानले भने, ‘केही मानिस अमेरिका र युरोपमा महँगी बढोस् भन्ने चाहन्छन् । तर युद्ध लडिरहेको हाम्रो देशमा महँगी नबढोस् भन्ने अपेक्षा गर्नु मलाई बुझ्न गाह्रो लाग्छ ।’ उनले भने, ‘जब हामी युद्धमा हुन्छौँ, तब वस्तु ...
: अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिरसम्म फैलिएको र उनी निकै पीडामा रहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन् । हन्टर बाइडेनले बीबीसीको ‘न्युज नाइट’ कार्यक्रममा दिएको अन्तर्वार्तामा भने, ‘क्यान्सर उहाँको हड्डी र त्यसभन्दा बाहिरसम्म फैलिएको छ । यो निकै पीडादायी छ र धेरै हिसाबले कमजोर बनाउने अवस्था हो ।’ जो बाइडेनले सन् ...