: सरकारले हालैको बाढी–पहिरोका कारण बढी क्षति भएको इलामका पाँच पालिकाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले इलाममा सबैभन्दा बढी क्षति भएका पाँच पालिकालाई क्रमशः ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको हो।
इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेकाले तत्काल अत्यावश्यक सेवा सुचारु गर्नका लागि सहयोग प्रदान गर्ने निर्णय भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका दिनेश प्रसाद भट्टले जानकारी दिए।
त्यस्तै ताप्लेजुङको मौवाखोलामा रहेको पहिरोको जोखिमयुक्त बस्तीलाई अर्को स्थानमा स्थायी रूपमा स्थानान्तरण गर्ने निर्णय बैठकले गरेको उनले बताए।
त्यस्तै बैठकले विपद्पछि अस्थायी आवास निर्माणको कार्यविधि परिमार्जन गरेको उनले जानकारी दिए।