— नेपालले यू–१७ वुमेन्स एसियाकप छनोटमा थाइल्यान्डको हातबाट ठूलो अन्तरको हार बेहोरेको छ । थाइल्यान्डको चोनुबरीमा भएको खेलमा नेपाल १२–० ले पराजित रहेको हो ।
समूह ‘एफ’मा बेहोरेको हारसँगै नेपालको प्रतियोगितामा चुनौती समाप्त भएको छ । यो नतिजापछि नेपाल १ अंकमा सीमित रह्यो र तीन टिममध्ये दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले तुर्किमिनिस्तानविरुद्धको खेल गोलरहित बराबरी खेलेको थियो ।
थाइल्यान्ड भने दुई खेलबाट ६ अंकसहित समूह विजेता रह्यो र यू–१७ एसिया कपका लागि छनोट भयो । थाइल्यान्डले यसअघि तुर्किमिनिस्तानलाई १७–० ले पराजित गरेको थियो ।