मुख्य समाचार
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त

। सेटर हरि हजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् ।

बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप भलिबलका लागि नेपाल भलिबल संघले थापालई नयाँ कप्तान नियुक्त गरेको जनाएको छ ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्ने हरि हजुर दोस्रो पटक नेपालको कप्तान बनेका हुन् । यसअघि उनले २०८० सालमा पनि नेपालको कप्तानी सम्हालिसकेका छन् ।

२०८० सालमा सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको थियो ।

अहिले नेपाली टिममा हरि हजुर सँगै धन बहादुर भट्ट सिनियर खेलाडीको रुपमा छन् ।

नेपाल भलिबल संघको शुक्रबार बसेको ५८औं कार्यसम्पादन कमिटीको बैडकले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकहरुको सुझाव अनुसार थापालाई कप्तान चयन गरेको हो ।

यस्तै श्रीलंकामा हुने काभा यू१९ महिला भलिबलका लागि जेनिशा विकलाई कप्तान चयन गरिएको भलिबल संघले जनाएको छ । जेनिशाले गत वर्ष माल्दिभ्समा भएको काभा यू२० महिला भलिबलमा पनि नेपालको कप्तानी गरेकी थिइन् ।

यसअघिका कप्तान मान बहादुर श्रेष्ठले २०८० कात्तिकमा सन्यास लिएपछि नेपाली पुरुष भलिबल टिम कप्तान विहिनि थियो । यो दुई वर्षको बीचमा नेपालको पुरुष टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको थिएन । जसले गर्दा कप्तान पनि नियुक्त भएन ।

अब भने अन्तर्राष्ट्रिय खेल खेल्ने भएपछि कप्तान नियुक्त भएको हो ।

नेपालको पहिलो कप्तान ऋषिराज आचार्य हुन् । सन् १९९६ मा पाकिस्तानमा भएको काइदे आजाम नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

त्यसपछि नेपलालले एसियन भलिबल च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेको थियो ।

ऋषिराजपछि दीपक सापकोटा, महेन्द्र लाल श्रेष्ठ, राजेश मास्के, सुनिल चौधरी, विष्णु मास्के, भरत बहादुर शाह, कैलाश दत्त भट्ट र इम रानले नेपालको पुरुष राष्ट्रिय टिमको कप्तानी गरेका थिए ।

यस्तै काइदे अजाम खेलेपछि नेपालले सन् १९७७ मा चीन भ्रमण गर्दा हरिहर श्रेष्ठलाई कप्तान बनाइएपनि चीन पुगेपछि रेशम गुरुङले नेपालको कप्तानी गरेका थिए । तर त्यो प्रदर्शनी खेल मात्र थियो ।

नेपालका लागि सबैभन्दा लामो समय कप्तानी गर्ने भरत बहादुर शाह हुन् । उनले १६ वर्ष नेपालको लागि कप्तानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम