मुख्य समाचार
तालिबानले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप
तालिबानले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप

। तालिबानले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । तालिबान अधिकारीले सीमावर्ती प्रान्त पक्तिकामा पाकिस्तानले शुक्रबार बम प्रहार गरेर युद्धविराम उल्लंघन गरेको दाबी गरेको हो ।

तालिबान सरकारका एक प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले समाचारमा लेखेको छ, ‘पाकिस्तानले पक्तिका प्रान्तको अरघुन जिल्लामा अवस्थित एक घरमा बम आक्रमण गर्‍यो । उक्त आक्रमणमा नागरिकको मृत्यु र केही घाइते भएका छन् ।’

समाचार एजेन्सी एएफपीले तालिबानका एक वरिष्ठ अधिकारीको नाम उल्लेख नगरी पाकिस्तानले अफगानिस्तानको सीमा पक्तिका प्रान्तमा अभियान स१चालन गरेको समाचारमा उल्लेख छ ।

पाकिस्तानका तर्फबाट युद्धविराम उल्लंघन र अफगानिस्तानमा भएको भनिएको आक्रमणबारे कुनै बयान भने आएको छैन ।

यसअघि तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तान र अफगानिस्तानबीच युद्धविरामको पुष्टि गरेका थिए ।

पाकिस्तान र अफगानिस्तान कयौँ झडपका घटना पछि गत बुधवार ४८ घण्टे युद्धविरामका लागि सहमत भएका थिए । दुवै देशबीच कतारको मध्यस्थतामा दोहामा वार्ता चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनका हुथी विद्रोहीले आइतबार दाबी गरेका छन् । साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो । हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताए । उत्तरपश्चिमी यमनमा साउदी ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन् । उनले जबसम्म हमासले पूर्ण रूपमा हतियार बसाउँदैन, तबसम्म इजरायली सेना गाजाबाट नफर्किने पनि अडान लिएका छन् । ‘इजरायले १५ बुँदे दस्ताबेज स्वीकार गर्दैन,’ आइतबार नेतन्याहुले भने, ‘हमासले पूर्ण रूपमा हतियार नबसाएसम्म इजरायली सेना फिर्ता हुन्न । र, ...
। टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो । ताइवानका केही वायुसेवा कम्पनीले पनि आइतबार ...
: इरानका राष्ट्रपति मसुद पेजेश्कियानले जनतालाई कठिन परिस्थितिको सामना गर्न तयार रहनु पर्ने बताएका छन् । इरानको फार्स समाचार एजेन्सीका अनुसार पेजेश्कियानले भने, ‘केही मानिस अमेरिका र युरोपमा महँगी बढोस् भन्ने चाहन्छन् । तर युद्ध लडिरहेको हाम्रो देशमा महँगी नबढोस् भन्ने अपेक्षा गर्नु मलाई बुझ्न गाह्रो लाग्छ ।’ उनले भने, ‘जब हामी युद्धमा हुन्छौँ, तब वस्तु ...
: अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिरसम्म फैलिएको र उनी निकै पीडामा रहेको उनका छोरा हन्टर बाइडेनले बताएका छन् । हन्टर बाइडेनले बीबीसीको ‘न्युज नाइट’ कार्यक्रममा दिएको अन्तर्वार्तामा भने, ‘क्यान्सर उहाँको हड्डी र त्यसभन्दा बाहिरसम्म फैलिएको छ । यो निकै पीडादायी छ र धेरै हिसाबले कमजोर बनाउने अवस्था हो ।’ जो बाइडेनले सन् ...