मुख्य समाचार
पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु
पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु

। पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ ।

यससँगै अफगानिस्तानको क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको त्रिकोणात्मक टी–२० सिरिजमा भाग नलिने निर्णय गरेको छ।

एसीबीले मृतक तीन खेलाडीको तस्वीर सार्वजनिक गर्दै लेखेको छ, ‘शुक्रबार साँझ पाकिस्तानतर्फबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई निशाना बनाइयो।’

बोर्डका अनुसार, यस घटनामा खेलाडी कबीर, सिबगतुल्लाह र हारुन सहित अन्य पाँच जना सर्वसाधारण नागरिकको पनि मृत्यु भएको हो।

बोर्डले भनेको छ, ‘हाम्रा खेलाडीहरूको सम्मान र यस दुःखद घटनाको प्रतिक्रियास्वरूप अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बर महिनाको अन्त्यमा पाकिस्तानसँग खेलिन तय भएको त्रिकोणात्मक टी–२० सिरिजबाट पछि हट्ने निर्णय गरेको छ।’

पाकिस्तान क्रिकेट बोर्डले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यो टी–२० सिरिज पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का बीच खेलिनुपर्ने थियो। खेलहरू नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिण्डीमा आयोजना हुने तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो । पहिरोमा १३ जना पुरिएका थिए । प्रहरीका अनुसार सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ । मृतकमध्ये ...
। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गरेको छ । युरोपेली सङ्घ (इयू) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको कीर्तिमान देखाएको हो । कोपर्निकसका अनुसार जुन–जुलाईमा पश्चिमी युरोपको संयुक्त औसत तापक्रम ...
। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर)का अनुसार प्रान्तका मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा ती कारबाही सञ्चालन गरिएको हो । कारबाहीका क्रममा १५ जना लडाकू मारिनुका साथै उनीहरूको साथबाट ठूलो परिमाणमा हतियार ...
। साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनका हुथी विद्रोहीले आइतबार दाबी गरेका छन् । साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो । हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताए । उत्तरपश्चिमी यमनमा साउदी ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन् । उनले जबसम्म हमासले पूर्ण रूपमा हतियार बसाउँदैन, तबसम्म इजरायली सेना गाजाबाट नफर्किने पनि अडान लिएका छन् । ‘इजरायले १५ बुँदे दस्ताबेज स्वीकार गर्दैन,’ आइतबार नेतन्याहुले भने, ‘हमासले पूर्ण रूपमा हतियार नबसाएसम्म इजरायली सेना फिर्ता हुन्न । र, ...