मुख्य समाचार
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने

। रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको रानिकोट-किटनी सडकखण्ड १९ दिनभित्र बाँकी रहेको निर्माण कार्यलाई सम्पन्न गर्ने भन्दै यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अुनसार तोकिएको अवधिभित्र सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट-किटनी सडकखण्डमा बाँकी काम सम्पन्न गर्न तत्काल सवार आवागमन रोक्नुपर्ने प्रस्ताव सश गरेका थिए । सोही प्रस्तावका आधारमा १९ दिनका लागि रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले सडक बन्दको अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्गमार्फत यात्रा गर्न आग्रह गरेको छ ।

ठूला सवारीसाधनले वैकल्पिक मार्गका रूपमा कैचिमोड-धाउन्ने-पोखरा-छिन्खेत सडक प्रयोग गर्न सकिने र साना सवारी साधनहरूले कैचिमोड-धाउन्ने-नाथिगाड-धपे मार्ग प्रयोग गर्न सक्ने छन् ।

– रुकुमपूर्वबाट बालाराम शेर्पाली

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा शान्ति, सुशासन स्थापना गरेर छाड्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सरकारलाई रिस उठोस् कि नउठोस्, नेकपा एमाले पनि यो देशमा छ, शान्ति, सुशासन स्थापना गरिछाड्छ । भ्रष्टाचार नियन्त्रण गरिछाड्छ,’ ओलीले सम्बोधनको क्रममा भनेका ...
। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक १३ कात्तिकमा बस्ने भएको छ । शनिबार बसेको चोथो दिनको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । केन्द्रीय सदस्य प्रतिमा गौतमले पाँचौँ बैठक १३ कात्तिकमा दिउँसो १ बस्ने गरी स्थगित भएको जानकारी दिइन् । उनले प्रतिनिधि सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनका कारण शोक प्रस्ताव पारित गर्दै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार म्याद नभएको म्यादी सरकार रहेको आरोप लगाएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकार जग नै नभएको समेत आरोप लगाए । ‘यो एउटा भुल्को हो । यो सरकार भनेको म्याद नतोकिएको ...
। नेपाली कांग्रेसले आइतबार तीनवटै तहका कार्यालयहरू बन्द गर्ने भएको छ । पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनको शोकमा कांग्रेसले आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको हो । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वमन्त्रीसमेत रहेका गौतमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय ...
। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्व कसले लिने भन्नेमा मात्रै केन्द्रित जस्तो देखिएको टिप्पणी गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिमा धारणा राख्ने क्रममा उनले कांग्रेसमा नेतृत्व कसले लिने भन्ने कुरामा मात्रै कांग्रेस केन्द्रित जस्तो देखिएको टिप्पणी गरेका हुन् । केन्द्रीय सदस्य पौडेलले नीतिगत विषयहरूमा प्रष्ट ढंगले नबोलिकन २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा जान ...