। यसपालि तिहारमा भाइटीका बाहेक अरू दिन पर्यटक भिसा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा निरन्तर हुने भएको छ ।
अध्यागमन विभागले सूचना मार्फत यस्तो जानकारी दिएको हो । यस वर्ष ६ कात्तिकका दिन भाइटीका परेको छ ।
सार्वजनिक बिदाको दिन ११ बजेदेखि १ बजेसम्म सेवा जारी रहने अध्यागमन अधिकृत फर्सराम भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।