मुख्य समाचार
इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा
इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा

। इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार राति नेपालको अन्तिम टोली घोषणा गरेको हो । टोलीको कप्तान सावित्रा भण्डारी छन् ।

टोलीमा सजनी थोकर, हिराकुमारी भुजेल र दीपा शाहीले पुनरागमन गर्दा पूर्णिमा राई र मीना देउवा पहिलोपटक परेका छन् ।

भुजेल र शाही गतवर्ष साफ महिला च्याम्पियनसिपका दौरान घाइते भएका थिए । पूर्णिमा र मीना यू-२० बाट खेलेका खेलाडी हुन् । सजनीले साफ च्याम्पियनसिपमा डेब्यूपछि खेलेकी थिइनन् ।

पछिल्लोपटक एसियन कप छनोट खेलेको टोलीबाट बिमला चौधरी, अनिता केसी र चन्द्रा भण्डारी बाहिरिएका हुन् भने गिता राना काँधको शल्यक्रियापछि रिकभर हुँदैछन् ।

नेपालले आउँदो ७ कात्तिकमा इरानसँग तथा १० कात्तीकमा भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । यसअघि भारतसँग मात्र खेल्ने तय भएपनि इरानसँग पनि खेल्ने भएको हो ।

दुवै खेल भारतको शिलोङमा हुनेछ । फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।

नेपाली महिला फुटबल टोलीको नयाँ प्रशिक्षकमा नवीन न्यौपाने छन् ।

नेपालले एएफसी एसियन कप छनोट खेलेयता पहिलोपटक खेल्न लागेको हो ।

नेपालको टोली : साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम