मुख्य समाचार
चाइना ईस्टर्न एयरलाइन्सले पाँच वर्षको अन्तरालपछि नोभेम्बर ९ बाट शाङ्घाई-दिल्ली उडान पुनः सुरु गर्ने
चाइना ईस्टर्न एयरलाइन्सले पाँच वर्षको अन्तरालपछि नोभेम्बर ९ बाट शाङ्घाई-दिल्ली उडान पुनः सुरु गर्ने

। राज्य-समर्थित चाइना ईस्टर्न एयरलाइन्सले पाँच वर्षको अन्तरालपछि नोभेम्बर ९ बाट शाङ्घाई-दिल्ली उडान पुनः सुरु गर्ने भएको छ । एयरलाइनको वेबसाइटमा अद्यावधिक सूचनाअनुसार, चीन र भारतबीच कूटनीतिक सम्बन्धमा आएको सुधारसँगै प्रत्यक्ष हवाई सम्पर्क पुनः सुरु भएको हो ।

विश्लेषकहरूले अमेरिकाको आक्रामक व्यापार नीतिहरूले पनि दुई देशबीचको सम्बन्ध सहज बनाउन प्रेरित गरिरहेको बताएका छन् ।

एयरलाइन्सको अनलाइन टिकट बिक्री प्लेटफर्मले शनिबार जानकारी गराएअनुसार यी उडानहरू बुधबार, शनिबार र आइतबार गरी सातामा तीन पटक हुनेछन्।

यस महिनाको सुरुमा भारतको विदेश मन्त्रालयले पाँच वर्षको अन्तरालपछि दुई छिमेकी देशहरूबीच व्यावसायिक उडानहरू पुनः सुरु हुने बताएको थियो।

यो घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षभन्दा बढी समयपछि क्षेत्रीय सुरक्षा समूह साङ्घाई सहयोग सङ्गठनको शिखर बैठकका लागि चीन भ्रमण गरेपछि आएको हो।

दुई पक्षले व्यापार सम्बन्ध सुधार्ने उपायहरूबारे छलफल गरे भने मोदीले भारतको बढ्दो द्विपक्षीय व्यापार घाटाबारे चिन्ता व्यक्त गरेका थिए।

शाङ्घाई-दिल्ली उडानहरूबारे भारत र चीनका विदेश मन्त्रालयहरूले तत्काल कुनै प्रतिक्रिया नदिएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोले यसअघि नै कोलकाता र ग्वान्झाओ बीच दैनिक सिधा उडानहरू सुरु गर्ने घोषणा गरेको थियो।

इन्डिगोको घोषणाको समयमा, राज्य-समर्थित ग्वान्झाओ बाइयुन अन्तर्राष्ट्रिय विमानस्थलले ग्वान्झाओ र दिल्ली जस्ता थप प्रत्यक्ष मार्गहरू खोल्न एयरलाइनहरूलाई प्रोत्साहित गर्ने बताएको थियो।

सन् २०२० मा कोभिड महामारीका कारण दुई देशबीचको प्रत्यक्ष उडानहरू निलम्बित गरिएको थियो र त्यस वर्षको अन्त्यतिर हिमालय सिमानामा भएको घातक झडपका कारण लामो सैन्य गतिरोध सिर्जना भएपछि पनि उडानहरू पुनः सुरु भएका थिएनन्।

दशकौँपछिको यस भयानक हिंसामा चार चिनियाँ र २० भारतीय सिपाही मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाकिस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीन जना अफगानी खेलाडीसहित पाँच जनाको मृत्यु भएको छ । यससँगै अफगानिस्तानको क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानसँग नोभेम्बर महिनामा हुने तय गरिएको त्रिकोणात्मक टी–२० सिरिजमा भाग नलिने निर्णय गरेको छ। एसीबीले मृतक तीन खेलाडीको तस्वीर सार्वजनिक गर्दै लेखेको छ, ‘शुक्रबार साँझ पाकिस्तानतर्फबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई निशाना बनाइयो।’ बोर्डका अनुसार, यस ...
। तालिबानले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । तालिबान अधिकारीले सीमावर्ती प्रान्त पक्तिकामा पाकिस्तानले शुक्रबार बम प्रहार गरेर युद्धविराम उल्लंघन गरेको दाबी गरेको हो । तालिबान सरकारका एक प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले समाचारमा लेखेको छ, ‘पाकिस्तानले पक्तिका प्रान्तको अरघुन जिल्लामा अवस्थित एक घरमा बम आक्रमण गर्‍यो । उक्त आक्रमणमा नागरिकको मृत्यु र केही ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। उक्त बैठकको मुख्य विषय रूस–युक्रेन युद्ध थियो । यो भेटमा जेलेन्स्कीले अमेरिकासँग टोमहोक क्रूज़ मिसाइल मागे पनि उनी खाली हात फर्किनुपरेको बीबीसीले जनाएको छ । जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली (Air Defense) बलियो बनाउन निरन्तर जोड दिँदै आएका छन्। टोमहोक क्रूज़ मिसाइल ...
: बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ। गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँद‌ै उनीलाई मृत्युदण्डको माग गरिएको हो। अदालतमा अभियोजन पक्षले पूर्वप्रधानमन्त्री हसिनाको भूमिका मानवताविरुद्धको अपराध भएको जिकिर गर्दै मृत्युदण्डको माग गरेको हो। बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने,' 'हसिनालाई मृत्युदण्ड दिनुपर्छ। मानवीयरूपमा सम्भव नभएकाले मृत्युदण्डको माग गर्छौं।' बंगलादेशमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी विद्रोही समूह हमासलाई नयाँ चेतावनी दिएका छन्। उनले सम्झौता अवज्ञा गरे हमासलाई नै समाप्त पारिदिने चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन्, 'यदि हमासले सम्झौताको अवज्ञा गर्दै गाजामा मानिसहरूलाई मार्ने काम जारी राख्यो भने हामीसँग उनीहरूलाई समाप्त गर्नुको विकल्प हुनेछैन।' यसअघि ट्रम्पले गाजामा अमेरिकी सेना तैनाथ ...