मुख्य समाचार
कांग्रेसले भोलि तीनवटै तहका कार्यालय बन्द गर्ने
कांग्रेसले भोलि तीनवटै तहका कार्यालय बन्द गर्ने

। नेपाली कांग्रेसले आइतबार तीनवटै तहका कार्यालयहरू बन्द गर्ने भएको छ । पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनको शोकमा कांग्रेसले आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको हो ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वमन्त्रीसमेत रहेका गौतमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार गौतमको निधनको शोकमा कांग्रेसले शनिबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, १३ दिनसम्म तीनै तहका कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने पनि निर्णय भएको छ ।

नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं कांग्रेस बाराका पूर्व सभापति गौतमको ८४ वर्षको उमेरमा ३१ असोज ३१ राति ९:१५ बजे काठमाडौको पेप्सीकोलास्थित निजी निवासमा निधन भएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा शान्ति, सुशासन स्थापना गरेर छाड्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सरकारलाई रिस उठोस् कि नउठोस्, नेकपा एमाले पनि यो देशमा छ, शान्ति, सुशासन स्थापना गरिछाड्छ । भ्रष्टाचार नियन्त्रण गरिछाड्छ,’ ओलीले सम्बोधनको क्रममा भनेका ...
। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक १३ कात्तिकमा बस्ने भएको छ । शनिबार बसेको चोथो दिनको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । केन्द्रीय सदस्य प्रतिमा गौतमले पाँचौँ बैठक १३ कात्तिकमा दिउँसो १ बस्ने गरी स्थगित भएको जानकारी दिइन् । उनले प्रतिनिधि सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनका कारण शोक प्रस्ताव पारित गर्दै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार म्याद नभएको म्यादी सरकार रहेको आरोप लगाएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् । निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकार जग नै नभएको समेत आरोप लगाए । ‘यो एउटा भुल्को हो । यो सरकार भनेको म्याद नतोकिएको ...
। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्व कसले लिने भन्नेमा मात्रै केन्द्रित जस्तो देखिएको टिप्पणी गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिमा धारणा राख्ने क्रममा उनले कांग्रेसमा नेतृत्व कसले लिने भन्ने कुरामा मात्रै कांग्रेस केन्द्रित जस्तो देखिएको टिप्पणी गरेका हुन् । केन्द्रीय सदस्य पौडेलले नीतिगत विषयहरूमा प्रष्ट ढंगले नबोलिकन २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा जान ...
। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले लोकतन्त्रमाथि, संविधानमाथि, राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठेको बताएका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘…हामी जनताको अवस्था अझ राम्रो हुने गरी अझ उन्नत लोकतन्त्रका लागि लडिरहनेछौं,’ उनको प्रतिबद्धता छ । जेनजी आन्दोलनपछि सबैको सोच बदलिएको उनको भनाइ छ । ‘विश्वभर जेनजी आन्दोलनको तरंग ...