मुख्य समाचार
इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने
इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने

: इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउन लागिएको हो।



विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने मन्त्रालयले जनाएको छ।


हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो। इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि नेपाल ल्याउन लागिएको हो।



आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो। उनको शव रहेको कफिनमा नेपाली झण्डा आढाइएको छ।

७ अक्टोबर २०२३, त्यो भयानक रात

जुन दिन इजरायल–हमास द्वन्द्व सुरु भयो। जसमा धेरै निर्दोष नागरिक मरे, घाइते भए र कतिपय अपहरणमा परे। किबुत्ज एलुमिम आसपासका क्षेत्रहरू आक्रमणको चपेटामा परे।

समाचारअनुसार विपिन पनि त्यो घटनामा परेका थिए। उनीहरू सुरक्षित कोठामा लगिँदै गरेकै बेला निशानामा परे।
उनीहरूको समूहमा अन्य नेपाली विद्यार्थीहरू पनि थिए। जसमा १० जना मारिए, केही घाइते भए, केही भाग्न सफल भए, केहीलाई उद्धार गरियो। तर, विपिन बेपत्ता भए।

विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार उनले एक ग्रेनाइडलाई समाते र कोठाबाट बाहिर फ्याँक्ने प्रयास गरे। त्यो कहानी अहिले उनको बहादुरीको प्रतीक बनेको छ। तर, त्यसपछि धेरै समयसम्म सूचना शून्य रह्यो। परिवार र नेपाली समुदायहरूले हरेक स्रोतमा खोजी गर्न लागे। नेपाल सरकार, इजरायल सरकार, मानवअधिकार समूह, मिडिया पनि उत्तिकै लागेका थिए।

सन् २०२३ नोभेम्बरमा गाजा अस्पताल चिह्नित भिडियो फुटेजमा उनी देखिएको दाबी सार्वजनिक भयो। समय–समयमा अफवाहहरू फैलिए उनी यहाँ छन्, उनी त्यहाँ छन् भन्दै। तर कुनै विश्वसनीय पुष्टि नभएकाले आशाहरू बीचमा झरिरहे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...