मुख्य समाचार
इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने
इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने

: इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउन लागिएको हो।



विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने मन्त्रालयले जनाएको छ।


हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो। इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि नेपाल ल्याउन लागिएको हो।



आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो। उनको शव रहेको कफिनमा नेपाली झण्डा आढाइएको छ।

७ अक्टोबर २०२३, त्यो भयानक रात

जुन दिन इजरायल–हमास द्वन्द्व सुरु भयो। जसमा धेरै निर्दोष नागरिक मरे, घाइते भए र कतिपय अपहरणमा परे। किबुत्ज एलुमिम आसपासका क्षेत्रहरू आक्रमणको चपेटामा परे।

समाचारअनुसार विपिन पनि त्यो घटनामा परेका थिए। उनीहरू सुरक्षित कोठामा लगिँदै गरेकै बेला निशानामा परे।
उनीहरूको समूहमा अन्य नेपाली विद्यार्थीहरू पनि थिए। जसमा १० जना मारिए, केही घाइते भए, केही भाग्न सफल भए, केहीलाई उद्धार गरियो। तर, विपिन बेपत्ता भए।

विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार उनले एक ग्रेनाइडलाई समाते र कोठाबाट बाहिर फ्याँक्ने प्रयास गरे। त्यो कहानी अहिले उनको बहादुरीको प्रतीक बनेको छ। तर, त्यसपछि धेरै समयसम्म सूचना शून्य रह्यो। परिवार र नेपाली समुदायहरूले हरेक स्रोतमा खोजी गर्न लागे। नेपाल सरकार, इजरायल सरकार, मानवअधिकार समूह, मिडिया पनि उत्तिकै लागेका थिए।

सन् २०२३ नोभेम्बरमा गाजा अस्पताल चिह्नित भिडियो फुटेजमा उनी देखिएको दाबी सार्वजनिक भयो। समय–समयमा अफवाहहरू फैलिए उनी यहाँ छन्, उनी त्यहाँ छन् भन्दै। तर कुनै विश्वसनीय पुष्टि नभएकाले आशाहरू बीचमा झरिरहे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम