मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध

: विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको छ।

साम हिजलेटले अस्ट्रेलिया यू–१९ हुँदै सिनियर टिमबाट एक अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्। अस्ट्रेलियाको बिग ब्यासमा ब्रिसबेन हिट र होबर्ट हुरिकेंस खेलेका छन्।

साम हिजलेटले खेलहरूमा उत्कृष्ट स्ट्राइक रेटका साथ प्रदर्शन गर्दै आइरहेका छन्। उनीसँग ५० भन्दा माथि बिग ब्यास लिग म्याच खेलेको अनुभव रहेको छ।


उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईलाई निलम्बन गरिएको बारे कुनै जानकारी नभएको बताएको छ । आइतबार कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेपछि एन्फाले विज्ञप्ति जारी गरेर राईको निलम्बनबारे एन्फाको सचिवालयमा कुनै जानकारी नभएको बताएको हो । ‘एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्‌काले एन्फा महासचिव किरण राईलाई स्पष्टिकरण माग गरिएको भनि विभिन्न ...
: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। यही कात्तिक ९ देखि १९ गतेसम्म नेपालले यूएई र अमेरिकासँग सिरिज खेल्न लागेको छ। टिममा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, ...
: त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लड लाइटका ६ वटै टावर ठड्याइएको छ। फ्लड लाइटको निर्माण व्यवसायीले आइतबार एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ। रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो। पोल नं १, ४, ५ ...
: अष्ट्रेलियामा खेलिरहेको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा भारतले सात विकेटको हार बेहोरेको छ। अष्ट्रेलियाले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतको सुरुवात खराब रह्यो। पचास रन नपुग्दै आफ्नो सम्पूर्ण शीर्ष क्रम गुमायो। भारतको इनिङ वर्षाले प्रभावित भयो र खेल धेरै पटक रोकियो। त्यसपछि खेल ५० ओभरबाट घटाएर २६ ओभरमा झारियो। निर्धारित ...
। इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार राति नेपालको अन्तिम टोली घोषणा गरेको हो । टोलीको कप्तान सावित्रा भण्डारी छन् । टोलीमा सजनी थोकर, हिराकुमारी भुजेल र दीपा शाहीले पुनरागमन गर्दा पूर्णिमा राई र मीना देउवा पहिलोपटक परेका छन् । भुजेल र शाही गतवर्ष ...