मुख्य समाचार
पेरिसको लुभ्र संग्रहालय बन्द
पेरिसको लुभ्र संग्रहालय बन्द

: आइतबार बिहान चोरी भएपछि पेरिसको लुभ्र संग्रहालय बन्द गरिएको छ।

बीबीसी पेरिस संवाददाता ह्यु स्कोफिल्डका अनुसार फ्रान्सेली मिडियाले बिहान संग्रहालय खोल्ने बित्तिकै तीन नकाबधारी पुरुषले चोरी गरेका हुन्।


चोरहरू सामान लिफ्टमार्फत अपोलो ग्यालरीमा प्रवेश गरेको विश्वास गरिएको छ। यहाँ फ्रान्सको रत्नजडित मुकुट राखिएको छ।

नौ वटा गरगहना चोरेर चोरहरू मोटर–स्कुटरमा भागेको उल्लेख छ। चोरी भएका सामानहरूको मूल्य अनुमान गरिएको छ।

लुभ्र संग्रहालयले एक्समा पोस्ट गर्दै केही विशेष कारणले गर्दा आज संग्रहालय बन्द रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो । पहिरोमा १३ जना पुरिएका थिए । प्रहरीका अनुसार सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ । मृतकमध्ये ...
। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गरेको छ । युरोपेली सङ्घ (इयू) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको कीर्तिमान देखाएको हो । कोपर्निकसका अनुसार जुन–जुलाईमा पश्चिमी युरोपको संयुक्त औसत तापक्रम ...
। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर)का अनुसार प्रान्तका मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा ती कारबाही सञ्चालन गरिएको हो । कारबाहीका क्रममा १५ जना लडाकू मारिनुका साथै उनीहरूको साथबाट ठूलो परिमाणमा हतियार ...
। साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनका हुथी विद्रोहीले आइतबार दाबी गरेका छन् । साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो । हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताए । उत्तरपश्चिमी यमनमा साउदी ...
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन् । उनले जबसम्म हमासले पूर्ण रूपमा हतियार बसाउँदैन, तबसम्म इजरायली सेना गाजाबाट नफर्किने पनि अडान लिएका छन् । ‘इजरायले १५ बुँदे दस्ताबेज स्वीकार गर्दैन,’ आइतबार नेतन्याहुले भने, ‘हमासले पूर्ण रूपमा हतियार नबसाएसम्म इजरायली सेना फिर्ता हुन्न । र, ...