मुख्य समाचार
पाकिस्तानका विदेशमन्त्री इशाक दारले दोहामा जारी वार्तामा पाकिस्तान र अफगानिस्तानबीच भएको सम्झौतालाई सही दिशामा पहिलो कदमको रूपमा वर्णन गरे
पाकिस्तानका विदेशमन्त्री इशाक दारले दोहामा जारी वार्तामा पाकिस्तान र अफगानिस्तानबीच भएको सम्झौतालाई सही दिशामा पहिलो कदमको रूपमा वर्णन गरे

: पाकिस्तानका विदेशमन्त्री इशाक दारले दोहामा जारी वार्तामा पाकिस्तान र अफगानिस्तानबीच भएको सम्झौतालाई सही दिशामा पहिलो कदमको रूपमा वर्णन गरेका छन्।



केही समयअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै इशाक दरले यस प्रक्रियामा सकारात्मक भूमिका खेलेकोमा कतार र टर्कीलाई धन्यवाद दिएका हुन्।


उनले अफगान भूमिबाट पाकिस्तानतर्फ सर्ने आतंकवादको खतरालाई सम्बोधन गर्न ठोस प्रक्रियाको अपेक्षा गरेको बताए।



उनले दुवै पक्षका प्रतिनिधिहरू अर्को बैठकको लागि टर्कीमा भेट्नेछन्। तर उनले यो बैठक कहिले हुनेछ भनेर तय नभएको बताए।

अफगान तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पनि सामाजिक सञ्जालमा यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेका छन्।

उनले दोहामा भएको वार्तापछि पाकिस्तान र अफगानिस्तानले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। यस अन्तर्गत दुवै पक्ष छिमेकीको रूपमा शान्ति, पारस्परिक सम्मान, बलियो र सकारात्मक सम्बन्धप्रति प्रतिबद्ध छन्।

उनले भने,ʻदुवै पक्षले एकअर्का विरुद्ध शत्रुतापूर्ण कारबाही गर्ने वा पाकिस्तान सरकारविरुद्ध आक्रमण गर्ने कुनै पनि समूहलाई समर्थन गर्ने निर्णय गरिएको छ। दुवै पक्षले एकअर्काको सुरक्षा बल, नागरिक वा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गर्नबाट टाढा रहनेछन्।ʼ

उनले सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र दुवै पक्षको दाबीको समीक्षा गर्न कतार र टर्कीको मध्यस्थतामा एक संयन्त्र सिर्जना गरिनेछ।

यसअघि कतारले पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिबीच दोहामा भएको उच्चस्तरीय वार्तामा तत्काल प्रभावले युद्धविराम लागू गर्ने सहमति भएको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानी भूमिमा अमेरिकी सेना प्रवेश गरे उनीहरूको खुट्टा काटिदिने भन्दै इरानी सेनाले अमेरिकालाई कडा चेतावनी दिएको छ। इरानी सेनाका स्थल सेना कमाण्डर ब्रिगेडियर जनरल अली जहाँशाहीले आइतबार कुनै पनि विदेशी सेनाले इरानको भूमिमा पाइला राखेमा तत्काल र कडा जबाफ दिइने बताएका छन्। उनले कुनै पनि अमेरिकी सैन्यकर्मी इरान छिरेमा उसलाई रोकिने स्पष्ट पारेका हुन्।‘शत्रुको कारबाहीको प्रभावकारी ...
: गाजामा शान्ति स्थापित गर्ने उद्देश्यले तय गरिएको 'शान्ति योजना'को अर्को चरण तत्काल लागू गराउन हमासले अमेरिकालगायत मध्यस्थकर्ता राष्ट्रहरूलाई आग्रह गरेको छ। हमासका वरिष्ठ अधिकारी बासेम नइमले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारलाई योजनाको मार्गचित्र (रोडम्याप) पालना गराउन अमेरिकाले निर्णायक दबाब दिनुपर्ने बताएका छन्। नइमले अमेरिका यस सम्झौताको मुख्य जमानीकर्ता (ग्यारेटर) भएकाले उसको भूमिका ...
: कोलम्बियामा विनाशकारी भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। कोलम्बियाली भूगर्भ सेवाका अनुसार स्थानीय समय अनुसार बिहान ७:३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। ५७० जनाभन्दा बढी घाइते भएका छन्, भने देशका विभिन्न भागमा भवनहरू भत्किएर सयौँ मानिस पुरिएको आशंका गरिएको छ। विपद्को गम्भीरतालाई ध्यानमा राख्दै सरकारले देशभर 'आपत्कालीन अवस्था' घोषणा गरेको छ। ...
। उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो । पहिरोमा १३ जना पुरिएका थिए । प्रहरीका अनुसार सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ । मृतकमध्ये ...
। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गरेको छ । युरोपेली सङ्घ (इयू) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको कीर्तिमान देखाएको हो । कोपर्निकसका अनुसार जुन–जुलाईमा पश्चिमी युरोपको संयुक्त औसत तापक्रम ...