: जिल्ला प्रहरी कार्यालय पर्साले दशैंदेखि तिहारको बीचमा १२ लाख रुपैयाँ बढी मूल्यको पटाका बरामद गरेको छ। वीरगन्जसहित जिल्लाका विभिन्न स्थानबाट दशैंदेखि तिहारको बीचमा १२ लाख रुपैयाँ मूल्यको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरीको गस्तीका क्रममा तथा मातहतका प्रहरी कार्यालयबाट सडकमा हुने चेकजाँचका क्रममा जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको पटाका बरामद गरिएको उनले बताए।
बरामद पटाका शनिबार जिल्ला प्रहरी कार्यालय पर्साको प्रांगणमा खाल्डोमा पुरेर नष्ट पनि गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।