मुख्य समाचार
राजदूत फिर्ता गर्ने अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट
राजदूत फिर्ता गर्ने अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

: राजदूत फिर्ता गर्ने अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो।

सरकारले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको छ।


अधिवक्ताद्धय प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले राजदूत फिर्ता गर्ने सरकारको निर्णय बदरको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । रिटमा अन्तरिम आदेशको माग गरिएको छ ।

कामचलाउ सरकारलाई दूरगामी महत्वको राष्ट्रिय विषयमा निर्णय गर्ने अधिकार नरहेको रिट निवेदकको दावी छ । रिटमा सुनुवाइका लागि कात्तिक ९ मा पेशी तोकिएको छ।

नयाँ राजनीतिक परिस्थितमा अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता गर्ने प्रचलन यसअघि भए पनि चुनाव गर्नुपर्ने मूल म्याण्ड‍ेट पाएको सरकारले राजदूतलाई बोलाउने र नयाँ नियुक्ति गर्ने खेलमा लाग्नु अस्वभाविक मात्रै नभइ संविधान र राजनीतिक म्याण्डेटको समेत बर्खिलाफ भएको रिट निवेदकको जिकिर छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्व खारेज गर्नुपर्ने माग गरेका छन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विप्लवले जेनजी विद्रोहले सरकार, संसद् विघटन भएपनि राजनीतिकरुपमा उद्देश्य पूरा गर्न जेनजी विद्रोह असफल भएको बताएका हुन्। उनले भने,‘जेनजीले जे माग उठाएका थिए, ती वास्तविक माग थिए । दुई दिनमा सरकार, संसद् विघटन पनि भयो। ...
: जिल्ला प्रशासन कार्यालय प्युठानले राति १० बजेपछि देउसी भैलो, नाचगानका कार्यक्रम नगर्न अनुरोध गरेको छ। शान्ति सुरक्षालाई मध्यनजर गर्दै भीडभाडजन्य गतिविधि गरि समाजको शान्ति सुरक्षामा खलल पुग्ने कार्य नगर्न नगराउन प्रशासनले आग्रह गरेको हो। सार्वजनिक सूचना जारी गर्दै प्रशासनले देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनमा असर नपर्ने गरी शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा ...
: सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्ति सुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् सुरक्षाको योजना कार्यान्वयन गराइने भन्दै उनले प्रमुख जिल्ला अधिकारीको ...
: निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रम छर्ने काम गरेको बताएका छन्। मन्त्री अर्यालले ठूला नेताहरूको सम्पत्ति छानबिन सुरु भएपछि खड्का देश छोडेर भागेको अभिव्यक्ति दिएपछि आज निवासबाटै पत्रकारसँग जोडिएका हुन्। null खड्काले गृहमन्त्री अर्यालले जनतालाई भ्रम छर्ने काम गरेको बताए। गृहमन्त्री अर्यालले खड्काले देश छोडेको खुलाए पनि कहाँ भागे भन्ने खुलाएका थिएनन्। ‘सरकारको गतिविधि ...
: नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय स्वाधिनता खतरामा परेको दाबी गरेका छन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विप्लवले कालोधन लुकाइएको चर्चा भएकाले नोटबन्दी गर्नुपर्ने माग गरेका छन्। उनले भने, ‘विदेशी बैंक वा स्वदेशी बैंकमा लुकाइएको छ भने पनि छानबिन गर्नुपर्छ। पैसा जनतासँग छैन। कालोधन थुपारेको हल्ला छ। पैसा निष्क्रिय भएर बसेको छ। कानुन हक ...