मुख्य समाचार
मैले सुशीला कार्कीको नाम सिफारिस गरेको छैन, प्रमाण देखाउन प्रचण्डलाई चुनौती
मैले सुशीला कार्कीको नाम सिफारिस गरेको छैन, प्रमाण देखाउन प्रचण्डलाई चुनौती

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संविधानभित्रबाट आवश्यक कदम चाल्न सिफारिस गरेको बताएका छन्। आइतबार सम्पादकहरूसँग कुरा गर्दै उनले आफूले प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम सिफारिस नगरेको बताएका हुन्।


उनले भने,ʻमेरो भाषा के छ भने– वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटीलाई शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले, यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणालीबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट आवश्यक कदम चाल्न सिफारिस गर्छु। यसमा सुशीला कार्की कतै सुन्नुभयो ? सुशीला कार्की भन्ने वा अर्को कोही भन्ने छैन। संविधान र संसद् चलाउनु हुँदैन भन्ने कुरामा राष्ट्रपतिज्यू, म कार्यवाहक प्रधानमन्त्री र सेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव थियो। उहाँहरू दुवैले त्यो स्वीकार गर्नुभएको थियो र मैले त्यस भाषामा सिफारिस गरेको थिएँ।ʼ


अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई सुशीलालाई आफूले सिफारिस गरेको प्रमाण देखाउन चुनौती दिए।

उनले भने,ʻप्रचण्डले मलाई निकै माया गर्नुहुन्छ। उहाँले मसित प्रमाण छ, केपीले सुशीलालाई सिफारिस गरेको भन्नुभयो। त्यो प्रमाण फ्ल्यास गरिदिनुभए हुन्छ। किन अन्योल राखिराख्ने। निकालिदिए भयो नि त।ʼ

अध्यक्ष ओलीले यो अन्तरिम सरकार संविधान अन्तरगत नबनेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्व खारेज गर्नुपर्ने माग गरेका छन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विप्लवले जेनजी विद्रोहले सरकार, संसद् विघटन भएपनि राजनीतिकरुपमा उद्देश्य पूरा गर्न जेनजी विद्रोह असफल भएको बताएका हुन्। उनले भने,‘जेनजीले जे माग उठाएका थिए, ती वास्तविक माग थिए । दुई दिनमा सरकार, संसद् विघटन पनि भयो। ...
: जिल्ला प्रशासन कार्यालय प्युठानले राति १० बजेपछि देउसी भैलो, नाचगानका कार्यक्रम नगर्न अनुरोध गरेको छ। शान्ति सुरक्षालाई मध्यनजर गर्दै भीडभाडजन्य गतिविधि गरि समाजको शान्ति सुरक्षामा खलल पुग्ने कार्य नगर्न नगराउन प्रशासनले आग्रह गरेको हो। सार्वजनिक सूचना जारी गर्दै प्रशासनले देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनमा असर नपर्ने गरी शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा ...
: सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्ति सुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् सुरक्षाको योजना कार्यान्वयन गराइने भन्दै उनले प्रमुख जिल्ला अधिकारीको ...
: निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रम छर्ने काम गरेको बताएका छन्। मन्त्री अर्यालले ठूला नेताहरूको सम्पत्ति छानबिन सुरु भएपछि खड्का देश छोडेर भागेको अभिव्यक्ति दिएपछि आज निवासबाटै पत्रकारसँग जोडिएका हुन्। null खड्काले गृहमन्त्री अर्यालले जनतालाई भ्रम छर्ने काम गरेको बताए। गृहमन्त्री अर्यालले खड्काले देश छोडेको खुलाए पनि कहाँ भागे भन्ने खुलाएका थिएनन्। ‘सरकारको गतिविधि ...
: नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय स्वाधिनता खतरामा परेको दाबी गरेका छन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विप्लवले कालोधन लुकाइएको चर्चा भएकाले नोटबन्दी गर्नुपर्ने माग गरेका छन्। उनले भने, ‘विदेशी बैंक वा स्वदेशी बैंकमा लुकाइएको छ भने पनि छानबिन गर्नुपर्छ। पैसा जनतासँग छैन। कालोधन थुपारेको हल्ला छ। पैसा निष्क्रिय भएर बसेको छ। कानुन हक ...