: सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका (महन्थ) पुजारीको आज बिहान हत्या भएको छ।प्रहरीका अनुसार ७३ वर्षीय पुजारी रामदुलार साहको करिब बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।
घटना भएको जानकारी पाउनेबित्तिकै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । राति शौच (पिसाब) गर्न घर बाहिर निस्केको बेला गोली प्रहार भएको बताइएको छ।
जिल्ला प्रहरी सप्तरीका प्रवक्ता डम्बर पुरीका अनुसार घटनास्थलमा गोलीका दुई खोका भेटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।