मुख्य समाचार
अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको योजना बनाइरहेको दावी
अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको योजना बनाइरहेको दावी

: अमेरिकाले प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा सर्वसाधारणमाथि आक्रमणको योजना बनाइरहेको दावी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शनिबार हमासले गाजामा सर्वसाधारणमाथि आक्रमण गर्ने योजना बनाइरहेको संकेत गर्ने विश्वसनीय रिपोर्ट प्राप्त भएको बताएको छ।

गाजामा फेरि आक्रमण भए युद्धविराम सम्झौताको गम्भीर उल्लङ्घन मात्रै नभइ मध्यस्ततामार्फत् अहिलेसम्म प्राप्त प्रगतिलाई कमजोर बनाउने मन्त्रालयको भनाइ छ।

अमेरिकाले इजिप्ट, कतार र टर्कीलाई पहिले नै यसबारे जानकारी गराइसकेको र हमासलाई युद्धविरामका सर्तहरू पालना गर्न माग गरेको बताएको छ।


'यदि हमासले आक्रमण गर्छ भने गाजाका जनताको सुरक्षा सुनिश्चित गर्न र युद्धविराम कायम राख्न कदम चालिनेछ,' विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। हमासले अहिलेसम्म यस कथनमा कुनै टिप्पणी गरेको छैन।

हाल इजरायल र हमास बीचको युद्धविरामको पहिलो चरण लागू भएको छ। हमासले जीवित बन्धकहरूलाई रिहा गरेको छ भने मृतकहरूको शव इजरायललाई हस्तान्तरण गर्ने प्रक्रिया चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानी भूमिमा अमेरिकी सेना प्रवेश गरे उनीहरूको खुट्टा काटिदिने भन्दै इरानी सेनाले अमेरिकालाई कडा चेतावनी दिएको छ। इरानी सेनाका स्थल सेना कमाण्डर ब्रिगेडियर जनरल अली जहाँशाहीले आइतबार कुनै पनि विदेशी सेनाले इरानको भूमिमा पाइला राखेमा तत्काल र कडा जबाफ दिइने बताएका छन्। उनले कुनै पनि अमेरिकी सैन्यकर्मी इरान छिरेमा उसलाई रोकिने स्पष्ट पारेका हुन्।‘शत्रुको कारबाहीको प्रभावकारी ...
: गाजामा शान्ति स्थापित गर्ने उद्देश्यले तय गरिएको 'शान्ति योजना'को अर्को चरण तत्काल लागू गराउन हमासले अमेरिकालगायत मध्यस्थकर्ता राष्ट्रहरूलाई आग्रह गरेको छ। हमासका वरिष्ठ अधिकारी बासेम नइमले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारलाई योजनाको मार्गचित्र (रोडम्याप) पालना गराउन अमेरिकाले निर्णायक दबाब दिनुपर्ने बताएका छन्। नइमले अमेरिका यस सम्झौताको मुख्य जमानीकर्ता (ग्यारेटर) भएकाले उसको भूमिका ...
: कोलम्बियामा विनाशकारी भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। कोलम्बियाली भूगर्भ सेवाका अनुसार स्थानीय समय अनुसार बिहान ७:३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। ५७० जनाभन्दा बढी घाइते भएका छन्, भने देशका विभिन्न भागमा भवनहरू भत्किएर सयौँ मानिस पुरिएको आशंका गरिएको छ। विपद्को गम्भीरतालाई ध्यानमा राख्दै सरकारले देशभर 'आपत्कालीन अवस्था' घोषणा गरेको छ। ...
। उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो । पहिरोमा १३ जना पुरिएका थिए । प्रहरीका अनुसार सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ । मृतकमध्ये ...
। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गरेको छ । युरोपेली सङ्घ (इयू) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको कीर्तिमान देखाएको हो । कोपर्निकसका अनुसार जुन–जुलाईमा पश्चिमी युरोपको संयुक्त औसत तापक्रम ...