: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गरेका छन्। आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रुपमा सनाखत प्रक्रिया पूरा गरेका हुन् । उनले गत असोजमा श्रम संस्कृति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । हर्क साम्पाङले माटो चुनाव चिन्हका साथ आगामी निर्वाचनमा होमिने बताएका छन्।
उनले देशमा अप्ठेरो काम गर्न आफू आएकाले अब देशलाई अघि बढाउन आफूले नै भूमिका खेल्ने जिकिर गरे। जेनजी आन्दोलनपछि मुलुकलाई निकास दिन आफू काठमाडौं आएपनि जेनजी भित्रको विवादले धरान फर्किएको उनको भनाइ छ ।