: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्य बोल्ने बानी रहेको बताएका छन्। सम्पादकहरूसँगको संवादमा बोल्दै उनले आफूसँग कुनै दम्भ र अहंकार नभएको बताएका हुन्।
उनले भने,ʻहेर त दम्भ र अहंकारी भन्नुहुन्छ, सत्य बोल्ने मेरो बानी छ।ʼ
अध्यक्ष ओलीले २३ र २४ गतेको आन्दोलन जेनजीहरूलाई भ्रममा पारिएर विरोध प्रदर्शनका लागि तयार भएको बताए।
अध्यक्ष ओलीले जेनजीहरूले प्रधानमन्त्रीको राजीनामाको माग नगरेको पनि बताए। जेनजीहरुले भ्रष्टाचारको अन्त्य, सुशासन कायम र रोकिएका सामाजिक सञ्जाल खुला गर्नुपर्ने माग राखेर आन्दोलनमा आएको उनले बताए।